Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

    काठमाडौँ/प्रतिनिधि सभाको बुधबारको बैठक विपक्षी दलहरुले अवरोध गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रम टेबुल गर्नुपर्ने अडान उनीहरुको छ। बैठक दुईपल्ट बसिसकेको छ तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। सभामुखले बारम्बार बस्न आग्रह गरिरहेका छन्। विपक्षी सांसदहरु उभिनै रहेका छन्। बीचबीचमा हाँसो र घोचपेच पनि जारी छ। सभामुखले संसद् सञ्चालन नियमावली बुझाइरहँदा नेकपा…

    Read More
  • मुख्य पृष्ठ

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजे बैठक सुरु हुनेछ । बैठकले प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषयमा छलफल गर्नेगरी दुई एजेण्डा तय गरिएको छ । बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

    Read More
  • प्रचण्डको प्रश्न :बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

    काठमाडौं/नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिए । उनले भने,‘परिणामका दृष्टिले सानो ठूलो जो–जेसुकै भएपनि…

    Read More
  • ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजकोे बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा…

    Read More
  • चितवनकोे नारायणी नमुना मावि फेरी अब्बल,एसईईमा ३७ जनाले ल्याए ४ जिपिए

    भरतपुर/राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चितवनको नारायणी नमुना माविले यसबर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । नारायणीका ३७ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन । ३८० जनाले एसईई दिएकोमा ३७ जनाले ४ जिपिए ल्याएको नारायणी नमुना माविका प्रअ रामशरण दुवाडीले जानकारी दिनुभयो । गतबर्ष ७ जनाले…

    Read More
  • मुख्य पृष्ठ

    चितवनमा बढी धुवाँ फाल्ने ५४ सवारी साधनलाई कारबाही

    चितवन/जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी साधनको प्रदूषण परीक्षण तथा चेकजाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने ५४ वटा सवारी साधनलाई कारबाही गरिएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाट संयुक्त रूपमा खटिएको टोलीले वैशाख २४ र २५ गते सञ्चालन गरेको चेकजाँच अभियानमा १७३ वटा सवारी साधन परीक्षण गरेको…

    Read More
  • मुख्य पृष्ठ

    ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिबाट २६ करोड भन्दाबढी राजस्व सङ्कलन

    काठमाडौँ/काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी रु २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित…

    Read More
  • मुख्य पृष्ठ

    विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

    काठमाडौँ/युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनहरूमा अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ । वैज्ञानिकहरूको भनाइअनुसार अहिलेको अवस्था सन् २०२४ मा देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ, र आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो बनेको छ । युरोपेली मध्यम…

    Read More
  • कल्भर्टमा ठोकिएपछि नाला खसेको मोटरसाइकल चालक मृत फेला

    सुनसरी/सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज (शनिबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार बिहान करिब ४ः३० बजे कालाबन्जार–धरान सडकखण्डमा प्रदेश १–०१–०१८ प ७८९२ नम्बरको मोटरसाइकल सिमेन्टको कल्भर्टमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनापछि मोटरसाइकल करिब ३४ फिट तल पैनीको नालामा खसेको थियो।…

    Read More
  • सर्लाहीका सुकुम्बासी पनि आन्दोलित, सरकारविरुद्ध नाराबाजी

    सर्लाही/सुकुम्बासी हटाउने सरकारी कदमविरुद्ध सर्लाहीका सुकुम्बासी पनि आन्दोलित भएका छन् । शुक्रबार जिल्लाको बागमती नगरपालिका – १२ स्थित पुतली चोकमा भेला भएका उनीहरूले नाराबाजी गर्दै र्याली र कोणसभा गरेका हुन् । बागमती नगरपालिकासहित आसपासका स्थानीय तहबाट ऐलानी, पर्ती, वन क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरू प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले ‘उठिवास होइन,…

    Read More