Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    तनहुँमा पनि मदन–आश्रित स्मृति दिवस मनाईयो ।

    वि वि श्रेष्ठ/दमौली,तनहुँ/जननेता मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा तनहुँमा पनि २७ औ मदन–आश्रित स्मृर्ति दिवस मनाईयो । नेपाल कम्युनिष्ट पार्टी व्यास नगर कमिटीको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी तनहुँको दमौलीमा कमिटीको अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । जननेता मदन भण्डारीको विचारको प्रवाहमा विश्व अनि नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन अगाडी वढेको साथै…

    Read More
  • समाज

    पोखरा साँगितिक कलाकार संघद्धारा ज्यालादारी मजदुरलाई राहत वितरण

    पोखरा, ३ जेठ/पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोग तथा पोखरा साँगितिक कलाकार संघ नेपालको समन्वयमा पोखरामा लकडाउन प्रभावितका लागि राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत हस्तान्तरण गरिएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए । कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परेर नेपालमा पनि ५२ दिन…

    Read More
  • चितवन सेरोफेरो

    आज २७औं मदन आश्रित स्मृति दिवस मनाइदै

    शिशिर सिंखडा, चितवन,३ जेठ /आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत २ वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले सो कार्ययक्रम गर्दै आएको…

    Read More
  • मुख्य समाचार

    हजारौं अलपत्र सीमापारि: आठ सयमात्रै ल्याउने तयारी

    लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ । संघीयताको अभ्यास भएको सुरुदेखि नै समन्वय अभाव देखिएको प्रदेश र स्थानीय सरकारबीचको यो सिलसिला विपत्मा पनि जारी छ ।प्रदेश १ को सीमापारि भारतीय नाकामा रोकिएर अलपत्र परेका हजारौं नेपाली नेपाल पस्ने अनुमतिको…

    Read More
  • मुख्य समाचार

    ‘अव्यवस्थित क्वारेन्टाइनले संक्रमण विस्तार’

    काठमाडौँ । मापदण्ड नपुगेका अव्यवस्थित क्वारेन्टाइनले कोभिड–१९ को संक्रमण विस्तारमा सघाएको दाबी विज्ञहरूले गरेका छन् । पर्सा, रूपन्देही र कपिलवस्तुमा क्वारेन्टाइनबाट संक्रमण फैलिएको उनीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मुलुकभरि १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी प्रदेश ५ मा ८ हजार ३ सय २५ जना क्वारेन्टाइनमा…

    Read More
  • मुख्य समाचार

    सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने

    काठमाडौं/सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरेकी छन्। ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो, त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा छ, ‘तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको…

    Read More
  • मुख्य समाचार

    कोराना कहर सँगै कृत्रिम महँगीको मारमा उपभोक्ता

    काठमाडौं /अतिआवश्यकीय वस्तुको आपूर्ति सहज भएको बेला पनि उपभोक्ता कृत्रिम महँगीको मारमा परेका छन । उजुरी आएपछि मात्रै बजारमा सरकारी अनुगमन तथा नियमनकारी निकाय पुग्ने अन्यथा नजाने गरेका कारणले व्यापारीले तोकिएको अधिकंतम खुद्रा मूल्यभन्दा बढी मूल्य लिएर खाद्यवस्तु खुलेआम विक्री गरिरहेका छन । यस्तै निजीस्तरबाट सञ्चालित अस्पतालले पनि सेवाग्राहीसँग मनपरी शुल्क लिने गरेका छन ।…

    Read More
  • मुख्य समाचार

    अमेरिका र चीनबिच द्धन्द्ध चर्कदो, अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित

    एजेन्सी/अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित भएको छ । चीनका उइगुर मुसलमानलगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाफ माग्ने प्रस्ताव पारित भएको हो । सिनेटमा सर्वसम्मतिबाट पारित भएको अब अमेरिकी संसद्को तल्लो सदनमा छलफलका लागि जानेछ। कोरोनाको महामारीका लागि अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई जिम्मेवार मान्दै आएका छन्।…

    Read More
  • मुख्य समाचार

    नेपालको नक्सा नै छैन संविधानमा, सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा

    काठमाडौं /नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन। ९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ। त्यसमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी गायव छ। सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा परेको छ। २०६४ को संविधानसभाले संविधान…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय हस्तक्षेपको बिरोधमा प्रदर्शन गर्नेलाई प्रहरीले विद्युतीय झट्का लगाएको खुलासा

    भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ। विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ । प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२–०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो । हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भागाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग…

    Read More