Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    चौथो मःम महोत्सव सुरु

    नेपालगन्ज,(बाँके)/विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘मःमः फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ । नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने मःम महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगन्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले…

    Read More
  • आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना

    काठमाडौँ/हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु|कुहिरो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका…

    Read More
  • मुख्य पृष्ठ

    भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री

    पाटन,(ललितपुर)/सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशको आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँले सञ्चारकर्मीहरु हरेक क्षेत्रमा निपुण भएकाले अब बन्ने सरकारका पनि उनीहरुको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । पत्रकारले देश, समाज र राजनीतिका बारेमा सबै कुरा बुझेकाले राज्य सञ्चालन गर्न…

    Read More
  • मुख्य पृष्ठ

    निष्क्रिय रहेका र पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान

    काठमाडौं/नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले पार्टीमा फर्कन आह्वान गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘पार्टीमा निष्क्रिय रहनुभएका र विभिन्न कारणले पार्टीमा छाडेका साथीहरूलाई फेरि पनि पार्टीमा जोडिनका लागि आह्वान गरेको छ,’ पार्टी…

    Read More
  • मुख्य पृष्ठ

    शिक्षकलाई स्थानीय भत्ता वितरण

    भोजपुर/रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।दुर्गम तथा भौगोलिक रूपमा कठिन मानिने ‘ग’ वर्गमा पर्ने यस गाउँपालिकाले यहाँ कार्यरत शिक्षकलाई सेवा सुविधामा थप सहजीकरण गर्दै स्थानीय भत्ता वितरण सुरु गरेको हो । गाउँपालिकाका अनुसार सङ्घीय सरकारद्वारा जारी गरिएको ‘कार्यक्रम कार्यान्वयन कार्यविधि’ अनुरूप स्थानीय भत्ता वितरण गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकीय…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सव स् एकैदिन ४५ हजार बढीले गरे अवलोकन

    रत्ननगर/पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणमा अबलोकनकर्ताको उत्सहाजनक उपस्थिति देखिएको छ ।रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सवको विहीबार मात्र ४५ हजार बढीले अबलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । महोत्सवको सातौं दिन सम्म आइपुग्दा करिब २ लाख दर्शकले महोत्सव अबलोकन गरेको उनको भनाई…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचन प्रहरीका लागि मागअनुसार परेन निवेदन

    दमौली,(तनहुँ)/फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकामा मागअनुसार निवेदन परेको छैन । निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकामा आजसम्म एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार २० पुरुष र ३२१ महिलाले…

    Read More
  • चितवनका एकसहित बैंक लुटपाटमा संलग्न सात जना पक्राउ

    सिन्धुली/यहाँको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पुस २९ गते साँझ ७ः३० बजे बैंक लुटपाटमा संलग्न सात जना पक्राउ गरिएको र एक…

    Read More
  • चितवन सेरोफेरो

    निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल

    चितवन/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी…

    Read More
  • मुख्य पृष्ठ

    मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

    काठमाडौँ/भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ । भेटका क्रममा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव…

    Read More