Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

    काठमाडौँ/प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार सङ्कलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ । महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको जनाए । आन्दोलनरत शिक्षक र प्रहरीबिच आज काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपको समाचार सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको…

    Read More
  • मुख्य पृष्ठ

    मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

    काठमाडौँ/‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहनुभएको छ ।राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । मह जोडीका रुपमा…

    Read More
  • मुख्य पृष्ठ

    जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने

    जुम्ला/यहाँको कनकासुन्दरी गाउँपालिका–१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ । दस जना मौरीपालक किसानलाई पाँचदिने तालिम सहित आवश्यक सामग्री वितरण गरिएको कनकासुन्दरी –१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडाको रु एक लाख बजेटबाट मौरीपालनबाट जीविकोपार्जन गर्ने किसानलाई उक्त तालिम दिएको हो । यी गाउँहरू मह उत्पादनमा यहाँका स्थानीय…

    Read More
  • चितवन सेरोफेरो

    लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

    गोरखा/धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा ९लालपुर्जा० वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिनुभयो । मङ्गले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको हो । विसं २०८० चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय…

    Read More
  • मुख्य पृष्ठ

    कृषि औजार कारखानाः ३२ महिनामा १६ थरिका औजार विकास

    वीरगञ्ज,(पर्सा)/राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ । कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिनुभयो । “केन्द्रले अहिले नेपालका लागि आवश्यक पर्ने कृषि औजार अनुसन्धान…

    Read More
  • मुख्य पृष्ठ

    वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    काठमाडौँ/प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ…

    Read More
  • मुख्य पृष्ठ

    बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव कायम

    काठमाडौँ/हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत…

    Read More
  • मुख्य पृष्ठ

    श्रीमान्को किरिया बसेकी महिलाको मृत्यु

    दाङ/तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ । तुलसीपुर-७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा आज बिहान अचानक बिरामी भएपछि उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर लगिएको थियो ।…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रङ्घद्वारा जम्मू–कश्मीरमा भएको आक्रमणको निन्दा गर्दै न्यायको माग

    न्युयोर्क/संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले २२ अप्रिलमा जम्मू–कश्मीरमा भएको आतङ्कवादी आक्राणको कडा निन्दा गर्दै न्यायको माग गरेको छ । आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । अप्रिल २५ मा जारी गरिएको प्रेस विज्ञप्तिमा काउन्सिलका अध्यक्ष फ्रान्सका जेरोम बोनाफन्टले पीडित भारत र नेपाल सरकार तथा पिडित परिवारप्रति समवेदना व्यक्त…

    Read More
  • मुख्य पृष्ठ

    पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान

    काठमाडौं/पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्। उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन्। आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ।डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत…

    Read More