Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छः महामन्त्री बुर्लाकोटी

    कास्की/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनुभएको छ । रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले पार्टी स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पङ्क्तिसमेत अनुशासित हुनुपर्ने उहाँको भनाइ छ । “अधिवेशनहरूले…

    Read More
  • मुख्य पृष्ठ

    ध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

    काठमाडौँ/शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको जनाइएको छ । मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो…

    Read More
  • खेलकुद

    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

    काठमाडौँ/मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा जुलियन क्विनोनेसले…

    Read More
  • ‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते

    मध्यविन्दु (नवलपरासी)/नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् । गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो । दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका…

    Read More
  • पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    मान्म,(कालीको)/पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो । दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडकखण्डको खुलालुदेखि लैफुसम्म ठाउँठाउँमा…

    Read More
  • बर्ड फ्लू पुष्टि भएपछि चितवनमा ३८ हजार बढी कुखुरा नष्ट

    भरतपुर/चितवनमा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) संक्रमण देखिएपछि ३८ हजार बढी कुखुरा नष्ट गरिएको छ । खैरहनी नगरापालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दाना सहित कुखुरा नष्ट गरिएको हो । पशु सेवा कार्यालय चितवनका अनुसार संक्रमित फार्मबाट ३८ हजार २०० लेयर्स कुखुरा कुखुरा नष्ट गरिएको छ ।…

    Read More
  • परराष्ट्रमन्त्री खनालको ‘स्पष्टिकरणः प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित थियो’

    काठमाडौँ/परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गतेको संसद् बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा राख्नुभएको विषय ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर सोसम्बन्धमा स्पष्ट पार्दै उहाँले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट…

    Read More
  • मुख्य पृष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    काठमाडौँ/सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो ९सम्पन्न० भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ…

    Read More
  • दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ/आज (बुधबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समितिको बैठक र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने बैठकमा आ.व.२०८३\८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य—मुख्य व्यवस्थाका सम्बन्धमा माननीय अर्थ मन्त्रीसँग छलफल गर्न कार्यसूची छ । यसैगरी, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने छ…

    Read More
  • राष्ट्रिय

    गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

    कञ्चनपुर/वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो । यस्ता किसानहरूलाई थप उत्प्रेरित गर्न शुक्लाफाँटा नगरपालिकाले किसानलाई गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण गर्ने अभियान थालेको छ । नगरपालिकाको ‘एक…

    Read More