Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

    काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त भेटमा प्रधानमन्त्री कार्कीले यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता एवं जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै…

    Read More
  • विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

    काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले आज जारी गर्नुभएको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ । “उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी…

    Read More
  • तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

    चितवन/दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो ।…

    Read More
  • स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

    काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएककाहरुको वर्गीकरण गर्नेभएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ ।…

    Read More
  • हैजा महामारीविरुद्धको औषधि पर्सामा दिन थालियो

    वीरगञ्ज,(पर्सा)/हैजा महामारीविरुद्ध प्रतिकार्य खोप अभियान आजदेखि पर्सामा सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले आज प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई औषधि खुवाएर सुरुआत गरिएको हो । बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान गौतमले हैजा महामारीविरुद्धको औषधि पर्साका एक वर्ष उमेर माथिका सबैलाई खुवाउनका लागि अनुरोध गर्नुभयो । “पर्सामा हैजाको महामारी र वर्षापछिको…

    Read More
  • यस्तो छ तीन चलचित्रको व्यापार

    काठमाडौँ/दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय…

    Read More
  • जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ

    काठमाडौँ/जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गर्नुभएको हो । संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव…

    Read More
  • सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला

    देउखुरी,(दाङ)/पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उहाँ जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुनुहुन्छ । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उहाँले…

    Read More
  • यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

    घोडेपानी,(म्याग्दी)/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको…

    Read More
  • इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भनेः यो महान् दिन हो

    वासिङ्टन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका जनाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्। उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्। ‘यो अरब र मुस्लिम विश्वका लागि,…

    Read More