| 
  • अपराध/दुर्घटना

    सँगै गाई चराउन गएका बालकबीच झगडा हुँदा एक जनाको मृत्यु

    रुकुम पूर्व/सँगै गाई चराउन जङ्गल गएका दुई जना साथीबीच झगडा हुँदा रुकुम पूर्वमा एक बालकको मृत्यु भएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालकको…

    Read More
  • अपराध/दुर्घटना

    चीनमा पहिरोमा परी ५ जनाको मृत्यु, ९ जना बेपत्ता

    काठमाण्डौं/रासस/दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ । मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार गरिएको छ । तीमध्ये तीन जनाको स्थानीय अस्पतालमा…

    Read More
  • अपराध/दुर्घटना

    भन्सार छलेको औषधिसहित चितवनका एक जना पक्राउ

    चितवन/बिल बिजक भन्दाबढी मालवस्तु र औषधि लोड गरिएको मालबाहक ट्रकसहित चितवनका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घन्टाघरबाट ना६ख ६६६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीका अनुसार उक्त ट्रक लाखौं मूल्यका औषधि बोकेर पोखराका लागि हिँडेको थियो । ट्रकसहित ट्रकका चालक चितवन राप्ती नगरपालिका–४ का सुरेशकुमार लामालाई नियन्त्रणमा…

    Read More
  • अपराध/दुर्घटना

    पाँच महिनाको अवधिमा प्रहरीविरुद्ध ३ सय ६७ उजुरी

    काठमाडौं/आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले…

    Read More
  • अपराध/दुर्घटना

    सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ

    काठमाण्डौ/काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार पक्राउ परेकाहरु…

    Read More
  • अपराध/दुर्घटना

    रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्‍यु

    काठमाडौं/रौतहटको गौर-चपुर सडकखण्डको सखुअवा र जयनगरको बीचमा गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  अन्य ३ जना घाइते भएका छन् । उनीहरुको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भैरहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए । प्रहरीका अनुसार मृतको पहिचान…

    Read More
  • अपराध/दुर्घटना

    लोहोरोले हानेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    पाँचथर/लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका आरोपमा पाँचथर फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका इन्द्रकुमार नेम्वाङ पक्राउ परेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले…

    Read More
  • अपराध/दुर्घटना

    यातायात व्यवस्था विभाग गुर्जुधाराबाट नौ बिचौलिया पक्राउ

    काठमाडौँको/यातायात व्यवस्था विभाग गुर्जुधाराबाट नौजना बिचौलियालाई पक्राउ परेका छन् । लाइसेन्स ब्लूबुकलगायत कागजातहरूको राजस्व तिर्न गएका सर्वसाधारणहरूलाई छिटो छरितो काम गरिने आश्वासन दिई जबरजस्ती तानातान गरी अनावश्यक हैरानी दिएको गुनासोको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय परिसरबाट प्रभाग बलम्बुका कार्यालय प्रमुख प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली परिचालन गरी बिचौलियाहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दिनेशराज…

    Read More
  • अपराध/दुर्घटना

    गहुँ खेतमा खरानी फाल्न गएकी महिलाको घाँटी रेटी हत्या

    सप्तरी/सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा गहुँ खेतमा खरानी फाल्न गएकी एक महिला मृत भेटिएकी छिन् । हिजो बेलुका घरबाट खरानी लिएर खेतमा फाल्न गएकी ५२ वर्षीया भुटनिदेवी यादव हत्या गरिएको अवस्थामा भेटिएकी हो । यादव राति अबेरसम्म नफर्किए पछि उहाँको खोजी गरिएको थियो । बिहान हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढीको चोरी

    सिरहा/दुई किराना पसलमा सटर फोडेर सिरहामा १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ। गोलबजार ना।पा–६ गुम्बाचोकस्थित मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको सरसामान तथा दुवै पसलमा गरी एक लाख नगद चोरी भएकोे हो। चोरले किराना पसलको सटर फोडेर मनोज इन्टरप्राइजेजबाट १५ बन्डल सूर्या चुरोट, २०…

    Read More