| 
  • अपराध/दुर्घटना

    हराइरहेको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयसँग अनुरोध

    काठमाण्डौ/रासस/मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन सरकारले स्थानीय बासिन्दासँग अनुरोध गरेको छ । त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइ मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।

    Read More
  • अपराध/दुर्घटना

    तारा एयरको विमान मुस्ताङको टिटीमा दुर्घटना भएको आशंका, खोजीका लागि मौसम बाधक

    पोखरा/आज  विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि टेकअफ भएको तारा एयरको विमान मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा दुर्घटना भएको आशंका गरिएको छ । टिटीमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले जानकारी दिए । बेपत्ता विमान खोजीका लागि मौसम बाधक बनेको छ ।…

    Read More
  • मुग्लिन सडकखण्डमा हायस र कार माथि पहिराे खस्याे

      नारायणगढ । मुग्लिन सडकखण्ड अन्तर्गत  इच्छाकामना गाउँपालिका वडा नं. ६ तोपेखोलामा गुडिहेको हायस माइक्रो र कार माथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग १ ख ९९०९ नम्बरकाे यात्रुबाहक हायस माइक्रो र प्रदेश ३– ०१ –०२३ च ०५३५ नम्बरको कार माथि करिब सवा ५ बजेतिर पहिरो खसेको हो ।        पहिरोसगैँ…

    Read More
  • अपराध/दुर्घटना

    गोली लागेर दाङमा एक जनाको मृत्यु

    दाङ/सिकार खेल्ने क्रममा गोली लागेर दाङको लमही ९ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बँगलाचुली गाउँपालिका वडा नम्बर २ रानीखुट्टीको जंगलमा सिकार खेल्ने क्रममा गोली लागेर मगरको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। सिकार खेल्न गएका मध्ये ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर…

    Read More
  • अपराध/दुर्घटना

    अर्घाखाँचीमा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु

    अर्घाखाँची/चितुवाको आक्रमणबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ४ अमलडाँडामा सात वर्षीय बालकको मृत्यु भएको छ । बिहीबार साँझ चितुवाले घरबाटै समातेको बालक सम्राट नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला परेको हो । अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु…

    Read More
  • अपराध/दुर्घटना

    व्यापारिक भवन भत्किँदा अबादानमा १९ जनाको मृत्यु

    एजेन्सी/इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । अरु ३७ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्था, आईएसएनएले जनाएको छ । व्यस्त सहरमा निर्माणाधीन भवन भत्किँदा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीसहित झन्डै २ हजार…

    Read More
  • अपराध/दुर्घटना

    युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसले आक्रमण तीव्र बनायो

    एजेन्सी/युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसले आक्रमण तीव्र बनाएको छ । डोनबास क्षेत्रका ४० भन्दा बढी सहरमा आक्रमण गरिरहेको रुसले एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् । तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो सहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्ण…

    Read More
  • अपराध/दुर्घटना

    टेक्सासको विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु

    एजेन्सी/अमेरिकाको टेक्सासमा रहेको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको…

    Read More
  • अपराध/दुर्घटना

    छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स क्याम्पसका कोअर्डिनेटर पक्राउ

    काठमाडौं/चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा…

    Read More
  • अपराध/दुर्घटना

    माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जना दाङबाट पक्राउ

    दाङ/माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जनालाई दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालका अनुसार दाङको राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाको व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी, सल्यानको शारदा नगरपालिका १ की ४९ वर्षीया सावित्रा…

    Read More