| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • दुम्कीबासको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    त्रिवेणी/नवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।…

    Read More
  • धानको उचित मूल्य नपाउँदा किसान निराश

    त्रिवेणी,(नवलपरासी)यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गर्नुभयो तर प्रतिक्विन्टल मात्र रु। दुई हजार २०० मात्र पाउँदा उहाँ खिन्न हुनुहुन्छ । गतवर्ष रु। तीन हजारभन्दा अधिक मोलमा उहाँले एक क्विन्टल धान बेच्नुभएको थियो । बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहनु…

    Read More
  • मुख्य पृष्ठ

    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं/जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) को सम्भावित वर्षाबारे संक्षिप्त जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार, आज दिउँसोः देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका…

    Read More
  • मुख्य पृष्ठ

    ‘मनको दृष्टि’ ले पढाएर विद्यार्थीका प्रिय बनेका रन्जित सर

    रौतहट/कालो पाइन्ट, जुवारीकोट र कालो चस्मामा सजिएर विद्यार्थी पढाइरहेका ३० वर्षीय रन्जित महतो झट्ट देख्दा दृष्टिविहीन लाग्दैनन् । माधवनारायण नगरपालिका–७ लौका घर भएका उनी चन्द्रपुर–८ सन्तपुरस्थित सुबलाल माविका शिक्षक हुन् । महतो मंगलबार ब्रेललिपिको मद्दतले कक्षा १० का विद्यार्थीलाई नेपाली विषय पढाइरहेका थिए । उनी सुबलाल माविकै विद्यार्थीसमेत हुन् । सुबलालमा कक्षा १ मा भर्ना भएर १२ सम्म पढे ।…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ/सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३:०० बजे बस्ने गरी समय निर्धारण भएको छ । तथापि ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन…

    Read More
  • मुख्य पृष्ठ

    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    भरतपुर,(चितवन)/यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन…

    Read More
  • मुख्य पृष्ठ

    ठाउँठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै

    काठमाडौँ/मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको…

    Read More
  • मुख्य पृष्ठ

    संसद बैठक आज पनि अवरुद्ध

    काठमाडौं/प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् । सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् ।

    Read More
  • मल नपाएपछि पश्चिम नवलपरासीका किसान चिन्तामा

    नवलपरासी/पश्चिम नवलपरासीका किसानले आवश्कताअनुसार मल खरिद गर्न नपाएपछि चिन्तामा परेका छन् । रोपाइँ गर्ने समयमा आवश्यकताअनुसार मल नपाउँदा खेतीपाती राम्रो नहुने भन्दै उनीहरू चिन्तामा परेका हुन् । पाल्हीनन्दन गाउँपालिका–४ का ज्ञानेश्वर सहानीले समयमा मल नपाउँदा उत्पादन वृद्धि नहुने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले हरेक वर्ष यस क्षेत्रका किसानले मलको समस्या झेल्दै आएको सुनाउँदै सरकारी…

    Read More
  • प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’ कार्यक्रम

    गण्डकी/यहाँका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाईसँगै जीवनपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढेको हो । विद्यार्थीलाई विज्ञान विषयमा अभिरुचि जगाउँदै भविष्यमा वैज्ञानिक उत्पादन गर्ने कार्यक्रमको लक्ष्य रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम पौडेलले जानकारी…

    Read More