| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गर्नुभएको छ । साथै उहाँले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध…

    Read More
  • पाँच संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ/सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कानुन समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले…

    Read More
  • चितवनमा वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण, सबैभन्दा धेरै सङ्क्रमित भरतपुरमा

    नारायणगढ,(चितवन)/जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला गरी आठ…

    Read More
  • चितवनमा वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

    भरतपुर,(चितवन)/चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ । शनिबार भरतपुर महानगरपालिका–२२ को पटलहरामा संरक्षण पाठशाला कार्यक्रम गरिएको हो । सो कार्यक्रममा विद्यार्थी तहका बालबालिकालाई सहभागी गराइएको छ । पाठशालामा वन्यजन्तुको जानकारी, बासस्थान, आहारा, जीवन र आनीबानीबारेमा बालबालिकालाई प्रशिक्षण दिइएको छ । बढ्दो प्रदूषणले गर्दा वन्यजन्तु, जलचर, नदीमाथि भइरहेको असरबारे सिकाइएको…

    Read More
  • एगा पोखराको २२ औं साधारणसभा सम्पन्न

    पोखरा/इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा)पोखराको २२औँ साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ । साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले उद्घाटन गर्नुुभयो । कार्यकममा भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताउनुुभयो । मुलुकमा बनेका संरचनाले १५ लाख भन्दा बढी पर्यटन धान्ने सक्ने अवस्था नरहेको भन्दै उहाँले वर्षमा १०÷१२…

    Read More
  • अर्को सूचना नहुँदा सम्म चितवनका सुनचाँदी पसलहरु बन्द हुने

    चितवन/अर्को सूचना नहुँदा सम्म चितवनका सुनचाँदी पसलहरु पुन: बन्द हुने भएका छन्। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आयोजनामा चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवन र रत्ननगर सुनचाँदी व्यवसायी संघ (नगर संघ) को संयुक्त सहभागितामा आयोजित व्यवसायिक भेलाको निर्णय अनुसार आजको मिति देखि लागू हुने गरी अर्को सूचना नहुँदा सम्म चितवनका सुनचाँदी पसलहरु पुन: बन्द हुने…

    Read More
  • एमाले पोलिटब्युरो बैठक सुरु

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि आज पनि पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राख्नुहुनेछ तालिका छ ।…

    Read More
  • चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्रीे केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताउनुभएको हो । उहाँका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गर्नुभएको छ । “आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुुँदा…

    Read More
  • तरकारी खेतीबाटै टोलकै महिला आत्मनिर्भर

    टीकापुर/टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन् । दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन् । आज भोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन् । महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन्…

    Read More
  • पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन

    गण्डकी/पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ ।…

    Read More