| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

    भक्तपुर/सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताउनुभयो । तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि…

    Read More
  • राष्ट्रिय

    काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

    काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप र कलालाई जीवनसँग जोड्ने अनौपचारिक शिक्षालाई सरकारले राष्ट्रिय योग्यताको प्रारूपअनुसार प्राथमिकता दिने बताउनुभएको छ । अन्तरराष्ट्रिय साक्षरता दिवस २०२५ को अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा युनेस्को काठमाडौैँको संयुक्त आयोजनामा काठमाडौँमा शुक्रबार सम्पन्न राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलनमा मन्त्री पन्तले भन्नुभयो, “हामीसित पुख्र्यौली ज्ञान अथाह…

    Read More
  • राष्ट्रिय

    सुनसान छ रामेछाप विमानस्थल

    मन्थली,(रामेछाप)/कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो । काठमाडौँमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो । पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ । त्यसबेला…

    Read More
  • मुख्य पृष्ठ

    आजको पूर्वानुमानः देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

    काठमाडौँ/हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली…

    Read More
  • मुख्य पृष्ठ

    आज इन्द्रजात्रा पर्वः वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी मनाइँदै

    काठमाडौँ/वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी…

    Read More
  • राष्ट्रिय

    बागलुङका गाउँमा बुढापाका र बालबालिका मात्रै छन्, खेतीयोग्य जमिन उराठिलो बन्दै

    ढोरपाटन,(बागलुङ)/बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन् । बसाइँसराइले गाउँ मात्रै सुनसान भएका छैनन् । पहिले धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि अहिले उराठिलो बनेका छन् । कतै सिउँडी पलाएका छन्, त कतै वनमाराले ढाकिएका छन् । ताल्चा ठोकेको घर पनि चिरिएर रुग्ण बनेका छन् । खास गरी जिल्लाको काठेखोला…

    Read More
  • राष्ट्रिय

    नेपाल आर्ट एण्ड कल्चर फेस्टिबलः उपत्यका उत्सवमय हुने

    काठमाडौँ/नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिबल–२०२५’ आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कलापरिषद् बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा सरकार र निजी क्षेत्र समान रूपमा अग्रसर…

    Read More
  • राजनीति

    समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

    दोधारा चाँदनी,(कञ्चनपुर)/गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजिक निर्माण व्यवसायी सङ्घको २८औँ साधारणसभा एवं १५औँ अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले समयमै विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाको लागत बढेको बताउनुभयो । “निर्माण व्यवसायीहरुले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छ,” उहाँले…

    Read More
  • मुख्य पृष्ठ

    दिगो विकासका लागि सबैलाई समेट्न आवश्यकः पूर्वराष्ट्रपति यादव

    काठमाडौँ/पूर्वराष्ट्रपति डा रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित दिगो विकासका लागि अन्तरविषयक अध्ययन विषयक अन्तरराष्ट्रिय गोष्ठिमा पूर्वराष्ट्रपति डा यादवले समाजकल्याण र सामाजिक न्यायमा समर्पित परिवर्तनकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै युवालाई…

    Read More
  • Uncategorized

    चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी

    काठमाडौँ/चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको सङ्ख्या बढाउने तयारीका साथ काम भइरहेको बताउनुभएको छ । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स चलचित्र भवनको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएका अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले चलचित्र भवनको सङ्ख्या बढेसँगै नेपाली चलचित्रको बजार बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बोर्डको लक्ष्य चालु आर्थिक वर्षमै चलचित्र भवनको सङ्ख्या २०० पु¥याउने छ…

    Read More