Breaking News
 | 
  • एमाले केन्द्रीय कमिटी बैठकः विधान संशोधनसहित आठबुँदे प्रस्ताव पारित

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सुझावसहित सर्वसम्मतिले पारित गरको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा यही साउन ५ र ६ गते बसेको बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेसनलगायत समसामयिक विषयमा आठबुँदे प्रस्ताव पारित गरको छ । यसैगरी,…

    Read More
  • विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोरः नेता आचार्य

    गण्डकी/नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका पछि दगुर्ने क्रमले पार्टी सङ्गठन कमजोर बन्ने गरेको बताउनुभएको छ । बिपी कोइलालाको ४३औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रममा नेता आचार्यले पछिल्लो समयमा विचारका पछि नभई गुटका पछि दगुर्ने प्रवृत्ति बढिरहेको बताउनुभयो । गुटप्रतिको दासत्वले कांग्रेस गाँजिएको बताउँदै उहाँले…

    Read More
  • डा पोखरेल ‘टेस्ला’ समूहको प्रमुख

    काठमाडौँ/विश्वव्यापी रुपमा व्यावसायिक सञ्जाल रहेको ‘टेस्ला’ समूहको प्रमुखमा सर्लाहीका डा शम्भु पोखरेल नियुक्त हुनुभएको छ । पूर्व सञ्चारकर्मीसमेत रहनुभएका डा पोखरेल ‘सिइओ क्लब ग्लोबल’मा आबद्ध भई व्यवस्थापन क्षेत्रमा क्रियाशील हुनुहुन्छ । डा पोखरेलले ऊर्जा तथा प्रविधि क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित कम्पनी ‘टेस्ला’ कम्पनीको प्रमुखको जिम्मेवारी नेपाली नागरिकले प्राप्त गर्नु हामी सबैका लागि गौरवको विषय भएको…

    Read More
  • देशरभर वर्षाको सम्भावनाः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी,…

    Read More
  • आज ४३औँ बिपी स्मृति दिवस मनाइँदै

    काठमाडौँ/प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु¥याउनुभएको छ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो ।…

    Read More
  • कृषि मन्त्रालयले भन्योः देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

    काठमाडौँ/यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो…

    Read More
  • कात्तिक १७ गते रुपन्देही उपनिर्वाचन हुने, यस्तो छ निर्वाचन तालिका

    काठमाडौँ/निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले कार्यक्रमअनुसार असोज २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने, असोज २१ गते बिहान १०ः०० देखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने बताउनुभयो ।…

    Read More
  • संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहनुभएको छ । बुबा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि विसं २०८१ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमार्फत उहाँ सङ्घीय संसद्मा प्रवेश गर्नुभएको हो । बु्बा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो ।…

    Read More
  • पब्जी ‘इ-स्पोर्ट्स विश्वकप’मा नेपालले भाग लिँदै

    काठमाडौँ/नेपालको ‘टिम होरा इ-स्पोर्ट्स’ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाईल इ—स्पोर्ट्स विश्वकपमा सहभागिता जनाउने भएको छ । यही साउन ९ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली पब्जी टोलीले भाग लिन लागेको इ-स्पोर्ट्स सङ्घ नेपाल (ईशान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो । सङ्घका अध्यक्ष अन्जन धमला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पब्जी…

    Read More
  • अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, चार वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौँ/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटवार्तासँगै…

    Read More