Breaking News
 | 
  • सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

    काठमाडौँ/गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि रासससँगको कुराकानीमा उहाँले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पार्नुभयो । “राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”,…

    Read More
  • सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

    काठमाडौँ/सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ । शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका प्रयास जारी राखेपनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाएको हो । नेपालले सन् २०२५ फेब्रुअरीमा…

    Read More
  • रुकुम जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

    रुकुमपूर्व/रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ झारमारे नजिकै लिस्नेमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । मृतकमा आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला वली,…

    Read More
  • आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ/हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, बागमती…

    Read More
  • मधेस प्रदेशमा छठपर्वका लागि कात्तिक ११ गते पनि सार्वजनिक बिदा

    महेन्द्रनगर,(धनुषा)/मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ । प्रदेशअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठपर्वको भोलिपल्ट (कात्तिक ११ गते मङ्गलबार)बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको हो । मन्त्रालयका उपसचिव…

    Read More
  • वसन्तपुरमा सामुहिक भाइटीका

    काठमाडौँ/विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली मास्केले २०८ दाजुभाइलाई २७औँ वर्षको सामूहिक टीका लगाइदिनुभएको छ । दिदीबहिनी नभएका दाजुभाइलाई मास्केले २०५५ सालदेखि दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिँदै आउनुभएको छ । जातपात नहेरी भाइटीका गर्न नपाएकालाई टीका लगाइदिएर संस्कृति र संस्कार बचाउँदै आएको उहाँले राससलाई जानकारी दिनुभयो । मास्केले २०७१ सालको…

    Read More
  • तिहार हिजै सकियो, आज पनि तिहारकै सार्वजनिक बिदा

    काठमाडौं/सरकारले आज (शुक्रबार) पनि तिहार पर्वको सार्वजनिक बिदा दिएको छ। यम पञ्चक अर्थात् तिहार बिहीबार नै सकिएको भए पनि आज (शुक्रबार) पनि तिहारकै नाममा सरकारले सार्वजनिक बिदा दिएको हो। गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रमा कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा हुने उल्लेख छ। तिथि घटबढ हुँदा तिहार बिदा लम्बिएको हो। यसअघि लक्ष्मीपूजा र भाइटीकाकै…

    Read More
  • नेपाल संवत् ११४६ प्रारम्भ, मुख्य सहरमा शुभकामना र्याली,स्वागतार्थ पोखरामा भिन्तुना र्याली

    काठमाडौँ/नेपाल संवत् ११४६ प्रारम्भ भएको खुसीयालीमा आज राजधानीलगायत देशभरका मुख्य सहरमा शुभकामना र्याली निकालिएको छ ।विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा ¥याली निकालिएको हो । राजधानीका विभिन्न स्थानमा आज निकालिएको ¥यालीले सहर परिक्रमा गरिरहेको छ । ¥यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेशभूषामा खुसी साट्दै हिँडेको देखिन्छ…

    Read More
  • आज तिहारको मुख्य दिन भाइटीका,उत्तम साइत ११ः३९ बजे

    काठमाडौँ/यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई…

    Read More
  • मनै लोभ्याउने पुनहिल

    गण्डकी/झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ । पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु ! घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन् । पूर्वमा लाली चढ्दै गर्दा पुनहिल सेरोफरो आगन्तुकले ढाकिइसकेको हुन्छ । सबै सूर्योदय नियाल्न व्यग्र देखिन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै हिमाल खुल्न थाल्छ । घामको पहिलो झुल्का हिउँचुचुरोमा पर्दाको दृश्यले मोहित…

    Read More