Breaking News
 | 
  • अपराध/दुर्घटना

    हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

    झापा/झापाको दमक–३ दुम्सेमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको वडाध्यक्ष नवीन बरालले बताउनुभयो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । दुम्से बस्ती हात्ती प्रभावित…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुने

    काठमाण्डौ/केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज बिहान १० बजेपछि सार्वजनिक गर्दै छ । विभागका उपनिर्देशक हेमराज रेग्मका अनुसार प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने छ । अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उहाँले बताउनुभयो…

    Read More
  • मुख्य पृष्ठ

    आज देशभरको मौसम आंशिक देखि सामान्य बदली

    काठमाण्डौ /गण्डकी र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली भएसँगै एकरदुई ठाउँमा हल्का वर्षा भएको छ । बाँकी लुम्बिनी, वाग्मती, मधेश र प्रदेश एकमा मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण मौसम आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभरको मौसम आंशिक देखि सामान्य बदली नै…

    Read More
  • मुख्य पृष्ठ

    बिदा स्वीकृत नगराई ९० दिन कार्यालय नजाने कर्मचारीलाई सेवाबाट हटायो

    पोखरा/बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीलाई सेवाबाट हटाएको छ । पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो । यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रियसभा निर्वाचन

    काठमाण्डौं/राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । नतिजा आजै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा हाल सरकारमा रहेका पाँच दलले गठबन्धन गरेका छन् । मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन् । राप्रपाले प्रदेश १ मा बाहेक…

    Read More
  • चितवन सेरोफेरो

    निर्माणधिन ढलमा खसेर गैंडा मरेपछि सरकारले छानबिन समिति बनायो

    काठमाण्डौ/चितवनमा निर्माणधिन ढलमा खसेर गैंडा मरेपछि छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । वन तथा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा आज मङ्गलवार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्न १० दिनको समय दिइएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    थप १२००८ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ…

    Read More
  • मुख्य पृष्ठ

    इच्छाकामना गाउँपालिकाद्वारा प्रशासनको आदेश अवज्ञा गर्दै दशौँ गाउँसभाको उद्घाटन

    चितवन/चितवनको इच्छाकामना गाउँपालिकाले कोभिड–१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेश उल्ल्घंन गरेको छ। जिल्लामा कोभिडको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघ ३ गते आदेश जारी गरेको थियो । आदेशमा २५ जना भन्दा बढी भेला हुने गरि सबै प्रकारका भेला, सभा,सम्मेलन, प्रदर्शन जात्र, मेला,महोत्सव नगर्न भनिएको छ । २५ जनाको…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको महासचिवमा वर्षमान पुनको दावी

    काठमाण्डौं/नेकपा माओवादी केन्द्रको महासचिवमा आफ्नो नाममा सहमति हुने नेता वर्षमान पुनले विश्वास व्यक्त गर्नुभएको छ । उपचारपछि चीनबाट हिजो साँझ स्वदेश फर्कनुभएका नेता पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू महासचिव पदको दाबेदार रहेको बताउनुभयो । सकेसम्म सहमति हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै उहाँले निर्वाचन नै भए पनि त्यसको लागि आफू तयार रहेको बताउनुभयो…

    Read More
  • मुख्य पृष्ठ

    २३ लाख ४० हजार मोडर्ना खोप आज नेपाल आउँदै

    काठमाण्डौं/थप २३ लाख ४० हजार मात्रा कोरोनाविरुद्धको मोडर्ना खोप आज नेपाल आउँदैछ । खोप आज बिहान कतार एयरबाट नेपाल आइपुग्ने छ । यसअघि हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो । यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले…

    Read More