Breaking News
 | 
  • मुख्य समाचार

    पछिल्लो २४ घण्टामा १,९५७ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जको पाँच स्थानमा घाँसे मैदान बनाउने तयारी

    चितवन/रासस/चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेश गरेको छ । वर्षैभरी व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदूर…

    Read More
  • मुख्य पृष्ठ

    हिउँ खेल्न गएका गोरखाका दुई बालक बेपत्ता

    गोरखा/गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका दुई जना बालक बेपत्ता भएका छन् ।हिउँ खेल्न गएका वडा नम्वर १ का १६ वर्षिय साइला घले र वडा नम्वर २ का १६ वर्षिय करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।  हिउँ खेल्न भन्दै यही माघ २० गते उनीहरु लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरु त्यसयता…

    Read More
  • पत्रपत्रिकारअन्य

    स्थानीय तहबाटै नागरिकता प्रदान गर्ने तयारी

    काठमाडौं/सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो । कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएकोे नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ । त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेगरी मन्त्रालयले योजना बनाइरहेको छ…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

    काठमाण्डौं/रासस/नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे । उनले भने, “नेपालमा पर्यटन…

    Read More
  • अपराध/दुर्घटना

    रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते

    रुपन्देही/रोकिराखेको ट्रकमा कार ठोक्किँदा बुटवलमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुटवलको तामनगर नजिकै रहेको कोरियन प्रशिक्षण केन्द्रको कार्यालय अगाडि बिग्रिएर रोकिराखेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा २८ वर्षीय सविन चौधरी, २७ वर्षीय गोविन्द चौधरी र २६ वर्षीय नवीन श्रेष्ठको…

    Read More
  • मुख्य पृष्ठ

    देशभरको मौसम आंशिकदेखि सामान्य बदली

    काठमाडौं/आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १ का पहाडी क्षेत्रका एक वा दूई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि देखिन्छ । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । मंगलबार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली…

    Read More
  • मुख्य पृष्ठ

    थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौ/पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    देशभरका विद्यालय फागुन १ देखि सञ्चालन गर्ने निर्णय

    काठमाडौं/देशभरका विद्यालय फागुन १ देखि सञ्चालन हुने भएका छन् । कोभिडका कारण बन्द रहेको विद्यालय आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले निर्णय गरेको हो । सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको स्रोतले बताएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

    झापा/रासस/प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी…

    Read More