Breaking News
 | 
  • मुख्य पृष्ठ

    कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला

    काठमाडौँ/नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् । उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन्…

    Read More
  • मुख्य पृष्ठ

    किरियापुत्रीद्वारा मतदान

    दमौली,(तनहुँ)/व्यास नगरपालिका-११ मा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । सोही ठाउँका तिलकबहादुर खड्का र समुन्द्र खड्काले किरिया बसेको अवस्थामा मतदानमा सहभागिता जनाउनुभएको हो । उहाँहरूले तनहुँ आधारभूत विद्यालय बेलटारी मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको मतदान अधिकृत सुदीप कँडेलले जानकारी दिनुभयो । नागरिक आफ्नो कर्तव्यप्रति सचेत रहँदै व्यक्तिगत शोकमा पनि मतदानमा सहभागी भएका…

    Read More
  • बालेनले प्रधानमन्त्री कार्कीलाई ‘आमा’ सम्बोधन गर्दै दिए धन्यवाद

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरेका छन् । निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले आभार दर्शाएका हुन् ।बालेनले सुशीलालाई ‘आमा’ सम्वोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’

    Read More
  • Uncategorized

    प्रतिनिधिसभा सदस्य निर्वाचनः आज बिहान ७ बजेदेखि मतदान

    काठमाडौँ/जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने…

    Read More
  • प्रधानमन्त्री कार्कीद्वारा काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान

    काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताउनुभयो । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।” रासस

    Read More
  • देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

    चितवन/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको…

    Read More
  • निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

    काठमाडौं/गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार (फागुन २१ गते) हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरुप…

    Read More
  • मुख्य पृष्ठ

    मतदानअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक

    प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुभएको छ । बैठक दिँउसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्न लागेको हो ।प्रधानमन्त्री कार्कीले बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई पनि बोलाउनुभएको छ । कार्की अध्यक्ष रहेको परिषदमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, मुख्यसचिव, रक्षा सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । प्रधानमन्त्री कार्कीले…

    Read More
  • मुख्य पृष्ठ

    तोलामा ११ हजारले घट्यो सुन

    काठमाडौं/नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११ हजार रूपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।मंगलबार प्रतितोला पाँच हजार आठ सय १५ रूपैयाँमा…

    Read More
  • किन भोट हाल्न जाँदैनन् राष्ट्रपति र उपराष्ट्रपति ?

    काठमाडौं/नेपालको संवैधानिक संरचनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति सामान्यतया आम निर्वाचन (प्रतिनिधिसभा वा प्रदेश सभा) मा मतदान प्रक्रियामा सहभागी हुँदैनन् । दलीय राजनीतिभन्दा माथि रहने संवैधानिक पद भएकाले निष्पक्षता र पदको गरिमा कायम राख्न उनीहरू सक्रिय राजनीतिक प्रक्रियाबाट टाढा रहने परम्परा रहेको छ । संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भने प्रत्यक्ष जनमतबाट नभई निर्वाचक मण्डलमार्फत हुने व्यवस्था…

    Read More