Breaking News
 | 
  • अपराध/दुर्घटना

    स्रोत नखुलेको १६ लाख रकमसहित एक जना पक्राउ

    काठमाण्डौं/स्रोत नखुलेको १६ लाख रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान अन्दाजी ११ बजेको समयमा कलैया उपमहानगरपालिका–१०, मटिअर्वा टोलस्थित नहर चोकमा चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त परिमाणको रकमसहित पक्राउ गरिएको हो । चेकजाँचको क्रममा बीआर २२ एन ५०१४ नम्बरको भारतीय मोटरसाइकल चलाई आएका भारतकै बिहार जिल्ला,…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा २ सय ६० जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल…

    Read More
  • मुख्य पृष्ठ

    क्रिसमस ‘डे’ मा सार्वजनिक बिदा

    काठमाडौँ/रासस/क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिनुभएको हो । मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद्को सो बैठकले हुलाक वस्तुको महसुल दररेट…

    Read More
  • मुख्य पृष्ठ

    बस्ती आसपास बाघ देखिएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह

    नवलपरासी/बस्ती आसपासमा बाघ देखिएपछि नवलपरासी दुम्कीबासका स्थानीय बासिन्दा त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबास आसपासमा बाघ देखिन थालेको हो । गाउँपालिकाले सूचना निकालेर स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जीसीले बताउनुभयो ।…

    Read More
  • चितवन सेरोफेरो

    चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा उन्नाइस गैँडा मरे

    चितवन/रासस/चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन् । मरेका गैँडामा बूढो…

    Read More
  • अपराध/दुर्घटना

    कुटपिट गरि श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    चितवन/कुटपिट गरि श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोलाई हत्या गरेको अभियोगमा २५ वर्षीया साजन महतोलाई चितवन प्रहरीले पक्राउ गरेको हो । उनलाई पुस ६ गते पक्राउ गरि ज्यान सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याथ थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता…

    Read More
  • मुख्य पृष्ठ

    आउँदो निर्वाचनबाट विद्युतीय मतदान, विदेशमा रहेकाले पनि मत हाल्न पाउने

    काठमाण्डौ/नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेको महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो जानकारी दिनुभयो । उहाँले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताउनुभएको हो । उहाँका अनुसार यसपालि विदेशमा रहेका नेपाली…

    Read More
  • मुख्य पृष्ठ

    पाँच महिनामा साढे १६ करोडको तास

    काठमाण्डौं/पाँच महिनामै १६ करोड रुपैयाँको तास भित्रिएको छ । यही साताको सोमबार केन्द्रीय बैंकले तास आयात गर्न एलसी खोल्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही तास चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा १६ करोड ५६ लाख रुपैयाँको भित्रिएको हो । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकले उक्त मूल्यको तास भित्रिएको जानकारी…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसीकै कारण गठबन्धन टुट्दैनः प्रचण्ड

    काठमाण्डौ/एमसीसीकै कारणले गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । आज बिहीवार न्युज एनेन्सीसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मानौँ अप्ठ्यारो नै पर्‍यो भने पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन । त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’ उहाँले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । सोही अवधिमा २६३ जना निको भएका छन् । यस्तै बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु समेत भएको मन्त्रालयले जनाएको…

    Read More