Breaking News
 | 
  • मुख्य पृष्ठ

    थप ११३ जनामा सङ्क्रमण पुष्टि

    काठमाण्डौं/नेपालमा थप १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९० र एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ पुगेको छ ।

    Read More
  • नारायणगढबाट गाेरखा भच्चेक जाँदै गरेकाे बस दुर्घटना, २० यात्रु घाईते

        गोरखा, २२ असार । गोरखाको सिरानचोक गाउँपालिका ४—राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधवार दिउँसो नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस राम्चेमा दुर्घटना भएको हो । दुर्घटनामा परी २० जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको चितवन र १५ जनाको गोरखा नगरपालिका १० छेपेटार…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज प्रचण्डले जवाफ दिने कार्यसूची

    काठमाडौं/मंगलबार स्थगित भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्दैछ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ । १९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्जरअध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय…

    Read More
  • मुख्य पृष्ठ

    नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी

    काठमाण्डौ/आजको प्रतिनिधिसभाको बैठकमा सरकारले नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निर्णय गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने…

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि भरतपुरमा रोजगार मेला सुरु

    चितवन/आजदेखि भरतपुरमा रोजगार मेला सुरु हुँदैछ । दुई दिनसम्म चल्ने सो मेलाको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गर्न लागिएको हो । बुधबार र बिहीबार हुने दुईदिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग…

    Read More
  • मुख्य पृष्ठ

    देशभर आंशिक देखि सामान्य बदली

    काठमाण्डौं/मनसुनी वायुको प्रभावको कारण हाल देशभर सामान्य बदली रहेको छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी…

    Read More
  • अपराध/दुर्घटना

    अश्लील शीर्षक राखेर भिडियो बनाउने एक जना युट्युबर पक्राउ

    काठमाण्डौ/अश्लील शीर्षक राखेर भिडियो बनाउने एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भइ काठमाण्डौ बस्ने रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा अश्लीलता फैलाउने अपराध गरेको प्रहरीको आरोप छ ।…

    Read More
  • अपराध/दुर्घटना

    पेस्तोल र गोलीसहित एक पुरुष पक्राउ

    सर्लाही/पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित प्रहरीले सर्लाहीको हरिवन नगरपालिका-११, बस्ने ४३ वर्षका छोटेलाल दासलाई पक्राउ गरेको छ । दासलाई सुराकीको आधारमा एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले सञ्चालन गरेको किराना पसलमा…

    Read More
  • मुख्य पृष्ठ

    थप ९० जनामा कोरोनाको संक्रमण

    काठमाण्डौं/नेपालमा थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ भने २४ घण्टाको अवधिमा २० जना डिस्चार्ज भएका छन् । यद्यपि, सो…

    Read More
  • Uncategorized

    उत्कृष्ट कारोबार गर्ने दुई सहकारी पुरस्कृत

    तनहुँ/रासस/राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७र०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित…

    Read More