Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु

    कैलाली/पश्चिम नेपालमा पुनः ठूलो भूकम्प गएको छ । पराकम्प पनि गइरहेको छ । बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा उक्त घटना भएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । एक दर्जनभन्दा बढी घाइते…

    Read More
  • मुख्य पृष्ठ

    आधिकारिक कागजात देखाएर मतदान गर्न पाइने

    काठमाडौं/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री शेरबहादुर देउवाले आज बैतडी र दार्चुलामा चुनावी सभामा सम्बोधन गर्ने

    दार्चुला/प्रधानमन्त्री शेरबहादुर देउवाले आज बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ। चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिममा रहेका देउवाले गृहजिल्ला डडेलधुरामा चार दिने कार्यक्रम सकेर निजी निवास धनगढीमा रहेका बेला राजनीति भेटघाट तीव्र पारेका…

    Read More
  • आज खग्रास चन्द्रग्रहण लाग्ने

    काठमाण्डौं/आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा…

    Read More
  • चितवन सेरोफेरो

    आकाशिएको महंगी बिरुद्ध चितवनका व्यवसायी बिरोधमा ।

    चितवन/बैंक तथा वित्तीय संस्थाहरुले अव्यवहारिक र अवैज्ञानिक तवरले ब्याजदर बृद्धि गरेको भन्दै चितवनका ब्यबसायीहरुले आज (सोमबार) उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी ब्याजदर वृद्धिप्रति आपत्ति तथा बिरोध जनाएका छन् । माग र आपूर्तिका आधारमा ब्याजदर निर्धारण हुने भनिए पनि एकतर्फी रुपमा कर्जामा व्याजदर निर्धारण गरिएको बिज्ञप्तिमा उल्लेख छ । ‘बैंक तथा बित्तीय संस्थाहरुको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. अधिकारीको ६ स नारा लोकप्रिय

    चितवन/आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार डा भोजराज अधिकारीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अधिकारीले मतदाता समक्ष उनले गठबन्धन र आफ्ना एजेण्डाहरु सुनाउँदै हिडिरहेका छन् । उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् । उनले ६ स भन्ने आफ्ना नारा…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली

    काठमाण्डौं/हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ…

    Read More
  • पत्रपत्रिका/अन्य

    आयोगले मनपरी ढङ्गले निर्णय गरेको भन्दै सर्वत्र आलोचना

    काठमाण्डौं/निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि त्यस्तो अवस्था आएको हो। सामाजिक सञ्जालमा समेत अनावश्यक निगरानी राख्दै मनपरी निर्णय गरेको भन्दै आयोगको आलोचना हुने गरेको छ। सर्वोच्चले मात्रै होइन, निर्वाचन…

    Read More
  • मुख्य पृष्ठ

    ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार गर्ने

    काठमाडौं/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरूले ४ मंसिरको निर्वाचनलाई बहिस्कार गर्ने घोषणा गरेका छन् । बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् । तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त पत्रकार सम्मेलन गर्दै…

    Read More
  • मुख्य पृष्ठ

    आज हरिबोधिनी एकादशी

    काठमाण्डौं/आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका…

    Read More