Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो: प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व हो भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी हरेक…

    Read More
  • चितवन सेरोफेरो

    माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सकारात्मक छु: प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले माघे सङ्क्रान्तिलाई कुमाल जातिको राष्ट्रिय पर्व भनि राजपत्रमा अंकित हुनुपर्ने बताउनुभएको छ । कुमाल समाज नेपालले माघे सङ्क्रान्तिको अवसरमा भरतपुर–२८ गोलाघाटमा गरेको माघे सङ्क्रान्ति बृहत राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वमा प्रकाशित गर्न सक्दो पहल गर्ने उल्लेख गर्नुभयो । कुमाल समुदायले उठाएको मागमा एकेवद्धता र समर्थन…

    Read More
  • चितवन सेरोफेरो

    आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, देवघाटमा भक्तजनको भीड

    चितवन/प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । आज पवित्र तीर्थस्थल देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लागेको छ । माघे सक्रान्तिको अवसरमा देवघाटमा मकर स्नान मेला लागेको छ । माघे सक्रान्ति…

    Read More
  • मुख्य पृष्ठ

    पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी

    काठमाडौँ/मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी ९एफडिआई० मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिर महिनासम्म तीन अर्ब…

    Read More
  • मुख्य पृष्ठ

    यातायात क्षेत्रको सुधार: प्रतिवेदन बन्छ, कार्यान्वयन हुँदैन

    काठमाडौँ/यातायात क्षेत्रको सुधारका लागि समिति गठन गरिन्छ । प्रतिवेदन पनि बुझाइन्छ । तर प्रतिवेदन कार्यान्वयन हुँदैन । यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले २०७१ मा आफू नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदन आंशिक रूपमा कार्यान्वयन भएको बताए । उहाँले रुट पर्मिटको विषयमा अहिलेको व्यवस्थामा सुधार गर्नु पर्छ, अहिलेको व्यवस्था प्रभावकारी छैन भनेर सुझाव दिए तथा सडक सुरक्षाका…

    Read More
  • मुख्य पृष्ठ

    हिरासतमा रहेका व्यक्तिलाई लाइसेन्स

    काठमाडौँ/यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएको पाइएको छ । एक लाख दुई हजार थान लाइसेन्स अवैध तरिकाले जारी गरिएको सम्बन्धमा छानबिन गर्दा सवारी ज्यान मुद्दाका आरोपितलाई हिरासतमै लाइसेन्स उपलब्ध गराएको पाइएको हो । मोटरसाइकलको मात्र लाइसेन्स भएका शशाङ्क बस्याल सवारी चालक अनुमति…

    Read More
  • चितवन सेरोफेरो

    आज चितवनको गोलाघाटमा माघे संक्रान्ति मेला गरिँदै

    चितवन/आज चितवनको गोलाघाटमा माघे संक्रान्ति मेला हुँने भएको छ । कुमाल समाज नेपालले गर्ने माघे संक्रान्ति मेलामा देशभरका ७० जिल्लामा रहेका ६ हजार कुमाल समुदायको सहभागिता रहने जनाइएको छ । संस्थाका अध्यक्ष तेलबहादुर(विशाल) कुमाल र प्रचारप्रचार संयोजक राजन कुमालका अनुसार यस मेलामा सांस्कृति कार्यक्रमसहित कुमाल जातिको मौलिक भेषभुषाको प्रदर्शन गरिने भएको छ । मौलिक संस्कृतिलाई…

    Read More
  • मुख्य पृष्ठ

    माघे सङ्क्रान्ति र माघीले राष्ट्रिय एकतामा योगदान दिएको छ: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकतामा योगदान दिएको बताएका छन्। माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा शुभकामना…

    Read More
  • अपराध/दुर्घटना

    हत्या गरेर फरार दुईजना १७ वर्षपछि पक्राउ

    रासस/मकवानपुर २९ पुसः जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या गरी फरार रहेका दुईजनालाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले छन् । कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरुलाई गैरीगाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल र चीन विश्वासिला विकासका साझेदार हुन् स् प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताउनुभएको छ । चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आयोजित विशेष समारोहमा उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झाङ्गिँदै गएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा…

    Read More