Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • वातावरण दिवसमा विविध कार्यक्रम गर्दै कृषि संकाय

    कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायले विविध कार्यक्रम आयोजना गरि विश्व वातावरण दिवस–२०२४ मनाउने भएको छ । संकायले कृषि वनस्पति तथा पर्यावरण संरक्षण विभाग तथा इसिमोडको सहयोगमा बुधबार विविध कार्यक्रम आयोजना गरि वातावरण दिवस मनाउन लागेको हो । संकाय परिसरमा विहान ७ बजेबाट विविध कार्यक्रम सञ्चालन गरिने आयोजक कमिटिका अध्यक्ष एवं संकायका सहायक डीन…

    Read More
  • मुख्य समाचार

    काठमाडौँ महानगरपालिकाले विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने

      काठमाडौँ/काठमाडौँ महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ । टुँडिखेल, तीनकुने र हाँडी गाउँमा ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि महानगरपालिकाले यस्तो व्यवस्था गर्ने भएको जनाएको छ । नेपाली समयअनुसार आज साँझ ९ः१५ बजे बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठुला एलइडी स्क्रिन राखिने छन् ।

    Read More
  • मुख्य पृष्ठ

    गोदावरी नगरपालिकाका नगर प्रमुखसहित नौ जनाविरुद्ध २६ करोडको भ्रष्टाचार मुद्दा दायर !

    काठमाडौं/ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख गजेन्द्र महर्जनसहित नौ जनाविरुद्ध २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७९–८० मा खानीजन्य साधारण निर्माणमुखी खनिज पदार्थको बोलपत्र आव्हान एवम् ठेक्का सम्झौता गरी गोदावरी नगरपालिकाले राजस्व निर्धारण गर्दा नेपालको संविधान, सङ्घीय…

    Read More
  • मुख्य पृष्ठ

    भ्रष्टाचार मुद्दामा धमाधम फैसला

    काठमाडौँ/सर्वोच्च अदालतले विचाराधीन भ्रष्टाचारका मुद्दामा धमाधम फर्स्योटको नीति अघि बढाएको छ । अभियान फाँट अन्तर्गतका मुद्दालाई प्राथमिकतामा राखेर विशेष अदालतबाट टुङ्गिएर विचाराधीन रहेका मुद्दाको फर्स्योटलाई सर्वोच्च अदालतले प्राथमिकतामा राखेको हो । अदालतले आइतबार र सोमबार निरन्तर तीन वटा मुद्दाको सुनुवाइ सकेको छ । जसमध्ये एउटामा फैसला र दुई वटामा निर्णय सुनाउने मिति तोकेको छ । सर्वोच्चले अन्तिम किनारा लगाउन…

    Read More
  • मुख्य पृष्ठ

    विश्वकप क्रिकेटस् ओमानविरुद्धको खेलमा नामिबिया विजयी

    काठमाडौँ/आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ । बार्बाडोसको केन्सिङ्टन मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियोभने ओमान १० रनमा सीमित रह्यो । त्यसअघि ओमानले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा…

    Read More
  • मुख्य पृष्ठ

    मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौँ/राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सांसदहरु देवेन्द्र दाहाल, मदनकुमारी शाह गरिमा, तुलासाकुमारी दाहालले विधेयकमाथि आफ्नो धारणा राख्नुभएको थियो । सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा मन्त्री शर्माले बदलिदो अवस्थालाई…

    Read More
  • मुख्य पृष्ठ

    जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने

    काठमाडौँ/यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी…

    Read More
  • मुख्य पृष्ठ

    मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक

    काठमाडौँ/सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवी बनाउने मन्त्रीस्तरिय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट, ललितपुरका उज्जव माली, पर्साका इमामुल हकलगायत ७…

    Read More
  • मुख्य पृष्ठ

    पूर्वसहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर !

    काठमाडौँ/सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो । विशेष अदालतले २०६९ मंसिर ११ गतेमा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो । विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै…

    Read More
  • चितवन सेरोफेरो

    आंधी तुफानले चितवनमा मच्चायो बितण्डा

    चितवन/आज साझ चितवनको प्रमुख शहर भरतपुर लगायत आसपासका गाउँहरुमा आएको हावाहुरीको कारणले रुखहरु ढलेका छन्, बिजुलीका पोलहरु भाँचिएका छन् र केहि घरहरुका छाना उडाएका छन्। हावाहुरीका कारणले जनजीवन अस्तव्यस्त भएको छ भने स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु उद्धार कार्यमा खटिएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार, अहिले सम्म कुनै मानविय क्षति नभएको तर ठूला आर्थिक क्षति…

    Read More