Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

    काठमाडौँ/हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगका केही स्थानमा र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशका तराई एवं पहाडी…

    Read More
  • बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

    म्याग्दी/जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । आर्थिक वर्ष २०८१र८२…

    Read More
  • पर्यटन प्रवर्द्धनमा अनुसन्धानलाई प्राथमिकता

    काठमाडौँ/नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेप्लिज मार्केटिङ एसोसियसनका सचिव डा सुशील अवालेले ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गर्नुभएको विद्यावारिधि (पीएचडी) को अनुसन्धानबारे छलफलमा आज एक छलफल आयोजना गरिएको थियो । सो छलफलमा उहाँले भन्नुभयो, “बोर्डले तथ्य…

    Read More
  • एनपीएल आगामी मङ्सिरमा हुने

    काठमाडौँ/नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज जारी प्रेस विज्ञप्ति जनाएको छ । उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । गत वर्ष मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको…

    Read More
  • पानी पर्दा पनि ढुक्क छन् नारायणी तटमा बसोबास गर्ने भरतपुरवासी

    चितवन/जेठ मसान्तबाटै वस्तीमा नदी पस्ने चिन्ताले सताउने नारायणी तटका भरतपुरवासी अहिले ढुक्क छन् । यस वर्ष ३० वर्ष यताकै उच्च वर्षा हुने अनुमान गरिए पनि तटीय क्षेत्रका नागरिक चिन्तित देखिदैन । नारायणी तटबन्ध निर्माण भएपछि स्थानीयहरू र स्थानीय सरकार भरतपुर महानगर पनि ढुक्क देखिन्छ । वर्षायाम सुरु भएसँगै स्थानीय सरकार राहत र उद्धारमा जुट्नुपर्ने अवस्था…

    Read More
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ/सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले’औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक,…

    Read More
  • भारतीय जिकिरः लिपुलेकमा नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन

    नयाँ दिल्ली/भारतले त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेको छ। लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने विषयमा नेपालले बुधबार आफ्नो धारणा सार्वजनिक गरेपछि जवाफमा भारतले धारणा सार्वजनिक गरेको हो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै लिपुलेक व्यापार मार्गबारे भारतको अडान स्पष्ट र दीर्घकालीन रहेको बताए। उनले भने, ‘लिपुलेक…

    Read More
  • भारी वर्षा हुने पूर्वानुमान

    काठमाडौँ/मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी…

    Read More
  • चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको बारा सरुवा!

    चितवन/भदौ ४/चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको सरुवा भएको छ । प्रजिअ पौडेलको बारा जिल्लामा सरुवा भएको हो । गृह मन्त्रालय तथा मन्त्रालय मातहत कार्यरत २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले २० सहसचिव र २४ उपसचिवको सरुवा गर्दा काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि…

    Read More
  • महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको हो : परराष्ट्रमन्त्री देउवा

    काठमाडौँ/परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताउनुभएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उहाँले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हाँसिल भएको बताउनुभएको हो । “महिलाले महत्वपूर्ण संवैधानिक…

    Read More