Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस्ः प्रधानमन्त्री ओली

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गरी प्रधानमन्त्री ओलीले उभौली पर्वले सबैमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना गर्नुभएको छ । “आज चण्डी पूर्णिमा, उभौली पर्व । किराँत समुदायलगायत सम्पूर्ण नेपालीमा उभौली पर्व २०८२ का अवसरमा हार्दिक शुभकामना !” प्रधानमन्त्रीले सन्देशमा…

    Read More
  • मुख्य पृष्ठ

    भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा – मुख्यमन्त्री पाण्डे

    पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीको १० औं अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनका बारेमा आयोजित गोष्ठीलाई आज पोखरामा उद्घाटन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो । संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई सुन्य सहनशीलतामा पु¥याउन कठिन भएपनि न्यूनीकरण गर्न सकिने बताउँदै उहाँले गण्डकी प्रदेश…

    Read More
  • मुख्य पृष्ठ

    राजाहरूले देश कंगाल बनाएः प्रधानमन्त्री ओली

    काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार (वैशाख २७) काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा उनले यस्तो आरोप लगाएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित गर्दै देशलाई आजको जमानासम्म गरिब बनाएर राख्नेले ‘हामी आउँछौँ, साथ देऊ’ भनिरहेको देख्दा अचम्म लागेको बताए । “अचम्म त के भने, यो देशलाई यसरी…

    Read More
  • मुख्य पृष्ठ

    न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व छः राष्ट्रपति

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपूर्ण समाज निर्माणका लागि न्याय र कानुन जगतको महत्वपूर्ण दायित्व रहेको बताउनुभएको छ । कानुन दिवस–२०८२ का अवसरमा आज आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायतको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई भोलि प्रशिक्षण दिइँदै, प्रदिप ज्ञवाली आउने

    चितवन/चितवनमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइने भएको छ ।नेकपा एमाले चितवनको आयोजनामा चितवनबाट स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागिएको हो । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले उप महासचिव प्रदिप ज्ञवालीको प्रमुख उपस्थिति रहने एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको…

    Read More
  • मुख्य पृष्ठ

    केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने

    काठमाडौँ/गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो ।भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय…

    Read More
  • मुख्य पृष्ठ

    नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने

    काठमाडौँ/प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ…

    Read More
  • अपराध/दुर्घटना

    भारतले गर्‍यो पाकिस्तानमा हवाई हमला

    एजेन्सी/पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर ९पीओके० मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ। बुधबार राति भारतीय समयअनुसार १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा अपरेसन सिन्दुरुअन्तर्गत भारतले हवाई आक्रमण गरेको हो। यी तिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। भारतीय…

    Read More
  • अपराध/दुर्घटना

    भारतले पाकिस्तान विरुद्ध सुरू गर्‍यो युद्ध

    एजेन्सी/भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ । भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् ।भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तानले कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो। भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको…

    Read More
  • मुख्य पृष्ठ

    अब सामाजिक न्याय र समृद्धिको पक्षमा मिलेर काम गरौँः अध्यक्ष दाहाल

    काठमाडौँ/पाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले समाजवादका निम्ति सामाजिक न्याय र समृद्धिको पक्षमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो,“मुलुकको आर्थिक विकासका…

    Read More