Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    माओवादीका अध्यक्ष ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्दै

    काठमाण्डौं/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न सोमबार पत्रकार सम्मेलन गर्दै छन् । उनले पेरिसडाँडामा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे कुरा राख्ने माओवादी केन्द्रले जनाएको छ । प्रचण्डले…

    Read More
  • मुख्य पृष्ठ

    आज मनोनयन दर्ताको अन्तिम दिन,ठूला दलले उम्मेदवारी दर्ता गर्दै

    काठमाण्डौ/आज सोमबार स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र…

    Read More
  • Uncategorized

    भरतपुर महानगरको मेयरमा ११ जनाले दिए उम्मेद्बारी मुख्य भिडन्त रेणु र बिजय

    चितवन/स्थानीय तहको आसन्न निर्वाचनको निम्ति उम्मेद्बारी दिने पहिलो दिन आज चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा ११ जनाको उम्मेद्बारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुरको मेयरमा मात्र आइतबार ११ जनाको उम्मेदवारी दर्ता भएको हो। महानगरकै उपमेयरमा पनि ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा मालेले पोलिटब्युरो सदस्य सूर्यप्रसाद रेग्मीलाई भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार बनाएको…

    Read More
  • मुख्य पृष्ठ

    चितवनमा गठबन्धनले संयुक्तरुपमा भोलि मनोनयन दर्ता गर्ने

    भरतपुर/चितवनमा गठबन्धनले संयुक्तरुपमा भोलि मनोनयन दर्ता गर्ने भएको छ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) र उपमेयर नेपाली कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा भएको छ । भरतपुरबोहक अन्य पालिकामा भागबण्डा टुङ्गिए पनि उमेदवारको अझै टुङ्गो लागेको छैन । दलहरुले आज साँझसम्ममा उमेदवारको पनि टुङ्गो लगाउने तयारी गरेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय…

    Read More
  • चितवन सेरोफेरो

    क्याप्टेन बिजय लामाले रेणुको प्रसंशा गर्दै भने जब म भरतपुर पुग्छु विकासको अनूभूति हुन्छ, नेतृत्व होस त यस्तो होस् !

    बैशाख ११, काठमाण्डौँ/नेपालका सर्र्वाधिक चर्चित पार्ईलटका रुपमा परिचित क्याप्टेन बिजय लामाले भरतपुर महानगरकी मेयर रेणु दाहालको प्रशंसा गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ तर म नाम भन्दा काम ठूलो भन्ने मान्यता राख्छु । एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट…

    Read More
  • मुख्य पृष्ठ

    मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन

    काठमाडौं/मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाका अनुसार क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो । उनी दोस्रो संविधानसभामा सदस्य थिइन् । मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहिसकेकी झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत…

    Read More
  • मुख्य पृष्ठ

    भरतपुरमा एमालेलाई मेयर र राप्रपालाई उपमेयर

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने भएको छ । एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीका अनुसार एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमती जुटेको हो। सम्भवत अहिले कहीबेरमा राप्रपासंग सम्झैता हुने उनले बताए । तालमेलका विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको केन्द्रिय नेतृत्वसँग छलफल गरेका थिए । सहमतिको लगभग…

    Read More
  • मुख्य पृष्ठ

    आज १६औँ लोकतन्त्र दिवस

    काठमाण्डौं/आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम अयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता

    काठमाडौं/आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि)का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन्…

    Read More
  • चितवन सेरोफेरो

    इच्छाकामना गाउँपालिकाका अध्यक्षसहित १९ जना जनप्रतिनिधीले राजिनामा दिए

    चितवन/इच्छाकामना गाउँपालिकाका बहालवाला ३६ जना जनप्रतिनिधी मध्ये अध्यक्षसहित १९ जनाले पदबाट राजिनामा दिएका छन्। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पुनः दोहोरिने तयारीका साथ उनीहरुले शुक्रबार राजिनामा दिएका हुन्। निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधीले निर्वाचन लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने प्रावधान ल्याएपछि निर्वाचन लड्ने आकांक्षाका साथ अधिकांश जनप्रतिनिधिले राजिनामा दिएका हुन । जनप्रतिनिधीले राजिनामा…

    Read More