Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    बालिका बलात्कार आरोपमा नारायणघाटका व्यवसायी दिनेश राठी पक्राउ !

    चितवन/ चितवनको नारायणघाटका एक ब्यबसायी बालिका बलात्कारको केसमा यतिखेर चितवन प्रहरीको खोरमा पुगेका छन् । मुलुककै तेस्रो पर्यटकीय गन्तव्य सुन्दर नगरी सौराहाको एक होटेलमा लगी एक १७ बर्सिय नाबालिका बलात्कृत गरेको आरोपमा ब्यबसायी दिनेश राट्ठी पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका– ३ आलुमण्डी नजिक स्थायी बासस्थान रहेका ४८ बर्षिया राठी बलात्कारमा सम्लग्न रहेको प्रारम्भिक अनुसन्धानमा…

    Read More
  • अर्थ/बाणिज्य

    क्रिश्चियन धर्म प्रचारमा अबौं लगानीः धर्मकै नाममा बार्षिक ७ अर्ब रकम खन्याउदैं आइएनजीओहरू।

    काठमाडौं/विदेशी दातृ निकाय अर्थात आइएनजीओहरुले नेपाललाई कसरी क्रिडास्थल बनाउँदैछन् ? यो वा त्यो नाममा उनीहरु कसरी नेपालमा लगानी खन्याएर नेपालमा खेल्दैछन् ? पछिल्लो एउटा अध्ययनले क्रिश्चियनहरुले धर्मकै नाममा नेपालमा बार्षिक ७ अर्ब रकम खन्याएको भेटिएको छ । नेपालीको जीवनस्तर उकास्ने पवित्र उदेश्य बोकेर २७० बढी आइएनजिओ सक्रिय छन् । तीमध्ये तीन दर्जन बढी क्रिश्चियन धर्मसँग…

    Read More
  • मुख्य पृष्ठ

    देशभर चिसो ह्वात्तै बढ्यो,अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत !

    काठमाडौँ/देशभर चिसो ह्वात्तै बढेको छ । यतिबेला देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी…

    Read More
  • अर्थ/बाणिज्य

    सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे

    गण्डकी/गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ लि कास्कीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले पछिल्लो समय सहकारीभन्दा तर्सिने अवस्था सिर्जना भएको छ भन्नुभयो । “सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको हो”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सहकारी…

    Read More
  • अर्थ/बाणिज्य

    राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ गतदेखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आइपिटिपी) को…

    Read More
  • स्थानीय तह उपनिर्वाचन  आज बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन, २५ राजनीतिक दल दर्ता

    काठमाडौँ/१ मङ्सिर/यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजआइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो । सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता

    रासस/बाकु,(अजरबैजान),/राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गर्नुभएको छ ।राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग आज यहाँ भएको भेटवार्तामा सो आग्रह गर्नुभएको हो । “जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शून्य कार्वन…

    Read More
  • अपराध/दुर्घटना

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौँ/बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी दिव्य श्रेष्ठ ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–९का ३७ वर्षीय श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले अघिल्लो असार ३ गते निजलाई बैंकिङ कसूर मुद्दामा दुई महिना कैद, बिगो रु दुई करोड ५० लाख जरिवाना र क्षतिपूर्तिबापत पीडित राहतकोषमा…

    Read More
  • मुख्य पृष्ठ

    आज हरिबोधिनी एकादशी पर्वः तुलसी र दामोदरको विवाह गरी मनाइँदै

    रासस/काठमाडौँ/हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा…

    Read More
  • खेलकुद

    यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालद्वारा थाइल्याड पराजित

    काठमाडौँ/युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको हो । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु भएको थियो । नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा…

    Read More