Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    सरकारको कृषि क्षेत्रको लगानी समुदाय केन्द्रित हुनुपर्छः मुख्यमन्त्री कट्टेल

    चितवन, पुस २/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घको २९औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले सरकारले कृषि क्षेत्रमा गरेको लगानी व्यक्ति केन्द्रित हुँदा लगानी अनुसारको उत्पादन हुन नसकेको छैन भन्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले…

    Read More
  • अपराध/दुर्घटना

    भिस्वा सिमानाकामा सशस्त्र-तस्कर साठगाठ, देशको राजश्व चुहावट !

    वीरगंज/१ पुस/सीमा अपराध, सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलकै अधिकारीको सेटिङमा भिस्वा सिमानाकाबाट खुलेआम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। सशस्त्र प्रहरी बलको पर्सास्थित बोर्डर आउट पोस्ट (बीओपी) भिस्वा बञ्‍जारीका प्रमुख इन्सपेक्टर छबी दर्लामीकै संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर दर्लामीले तस्करी गर्नेहरुसँग सेटिङ मिलाएको आरोप छ ।…

    Read More
  • चितवन सेरोफेरो

    वार्षिकोत्सवमा मानवसेवा आश्रममा आश्रितलाई खाना ।

    चितवन/भरतपुर १, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको चितवनको प्रतिष्ठित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारी नारायणगढस्थित मानवसेवा आश्रममा आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम राखेको छ । सस्थाले वार्षिकोत्सवको अवसरमा आज साझँ आश्रममा आश्रित लक्ष्मीनारायाणहरुलाई खाना बितरण गरेको हो । कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले एक छाकको खाना बराबरको रकम आश्रमकी सेवीका…

    Read More
  • मुख्य पृष्ठ

    पालमुनि १ हजारभन्दा बढी भूकम्पपीडित बिरामी !

    जाजरकोट/भूकम्पले घर भत्केपछि भेरी–२ का बिर्खबहादुर कार्कीको परिवार त्रिपालमा बास बस्न थालेको महिना दिन भइसक्यो । तर, अस्थायी भवन बनाउन सरकारले दिने भनेको राहत अझै पाएका छैनन् । त्यसैकारण चिसो भुइँमै रात बिताउनु परिरहेको कार्कीको गुनासो छ । सरकारले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार दिने निर्णय गरेको थियो । जसअनुसार पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न…

    Read More
  • अपराध/दुर्घटना

    डिप्रेसनमा प्रहरी दस्ता, सात वर्षमा ३५ जनाल गरे आत्महत्या

    नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन्। जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक ९वरिष्ठ सई०, एक प्रहरी सहायक निरीक्षक (असई), पाँच प्रहरी हबल्दार, २१ प्रहरी जवान, दुई प्रहरी कार्यालय सहयोगी (प्रकास) समेतले आत्महत्या गरेका…

    Read More
  • अपराध/दुर्घटना

    भ्रष्टाचार नियन्त्रणमा चासो मात्रै, छैन सक्रियता

    काठमाडौं/भ्रष्टाचारविरुद्धको सरकारी प्रतिबद्धता कागजमा सीमित हुँदा भ्रष्टाचार घट्नुको साटो झन् झन् बढ्दै गएको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोगमा पर्ने भ्रष्टाचारसम्बन्धी उजुरी, अयोगको अनुसन्धान र अभियोजनबाट देखिएको तथ्य, विशेष अदालतमा दर्ता मुद्दा, भ्रष्टाचारसम्बन्धी सर्वेक्षणहरूका नतिजा, ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचारसम्बन्धी सूचकांकमा नेपालको स्थान, सरकारी कर्मचारीप्रतिको सेवाग्राहीको दृष्टिकोण तथा गुनासोलाई केलाउँदा भ्रष्टाचार नियन्त्रणमा सरकारी प्रतिबद्धता कागजमा मात्रै…

    Read More
  • मुख्य पृष्ठ

    बैंकिङ निक्षेप ५९ खर्ब ब्याजदर घट्ने आश्वासन !

    काठमाडौं/नेपालको बैंकिङ प्रणालीमा ५९ खर्ब रुपैयाँ निक्षेप पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबारसम्म समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप ५९ खर्ब रुपैयाँ पुगेको हो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको निक्षेप ५२ खर्ब १४ अर्ब रुपैयाँ छ । अन्य बैंक तथा वित्तीय संस्थासँग छ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप देखिएको छ । बैंकहरूको कर्जा लगानी…

    Read More
  • अपराध/दुर्घटना

    तिहारको मुखमै अचाक्ली महँगी

    काठमाडौं/नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको छ । सरकारका सम्बिन्धत निकायहरूले प्रभावकारी काम र अनुगमन गर्न नसक्दा दाल, चामल, पिठोलगायत दैनिक उपभोग्य सामग्री अस्वाभाविक रूपले महंगिदा उपभोक्ताको चुलो बल्न कठिन देखिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सरकार तस्कर, कालोबजारी र बिचौलियाको हातमा बिकेको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको देवघाटमा निर्माण भने प्राचिन कलात्मक ढुङ्गे धारा, मेयर रेनुद्धारा उद्घाटन

    भरतपुर/पवित्र धार्मिक तिर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गर्नुभयो । देवघाटधाम आउने तिर्थालु तथा मलामीहरुलाई लक्ष्ति गरी वागमती सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन हेटौडाँ…

    Read More
  • मुख्य पृष्ठ

    पोखरामा गुरुङ चलचित्र सैंर्वे ट को प्रिमियर शो हुने !

    पोखरा/पोखरामा आगामी मंसिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ । माओत्से गुरुङ फिल्मस् सँगको सहकार्यमा उचाई स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी…

    Read More