भिस्वा सिमानाकामा सशस्त्र-तस्कर साठगाठ, देशको राजश्व चुहावट !

वीरगंज/१ पुस/सीमा अपराध, सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलकै अधिकारीको सेटिङमा भिस्वा सिमानाकाबाट खुलेआम तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

सशस्त्र प्रहरी बलको पर्सास्थित बोर्डर आउट पोस्ट (बीओपी) भिस्वा बञ्‍जारीका प्रमुख इन्सपेक्टर छबी दर्लामीकै संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर दर्लामीले तस्करी गर्नेहरुसँग सेटिङ मिलाएको आरोप छ ।

सशस्त्र प्रहरीकै मिलोमतोमा नेपालबाट चाईनिज स्याउ , चाईनिज १० फिटे ईन्चीटेप ,कुखुराको दाना ,चुरोट , युनीलीवर कम्पनीका सबै समान, फेयरलवली, फेयरलवलीको पाउच ,प्रोस्टाइल तेल ,क्लोजअप पेस्ट, भारत प्रतिबन्धित प्लास्टिक जन्य समान लगायतको करोडौको सामान भन्सार छलेर नेपालबाट भारत पुग्ने गरेको छ ।

यस्तै, भारतीय प्रसिद्ध बजार सिक्टासंँग जोडिएको भिस्वा सिमानाकाबाट नेपालतर्फ काजु, लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु मोटरसाइकल, साइकलका माध्यमबाट नेपालमा भित्रने गरेको छ । दैनिक लाखौँ र मासिक करोडौं मूल्यबराबरका उल्लेखित सामान भन्सारछली गरी भित्रदा ठूलो रकम राजस्व छली हुने गरेको छ ।

त्यस्तै, भारतमा सस्तो र नेपालमा महंगो भएका कारण सख्खर, धान र गहुँको तस्करी खुब बढेको छ । धान, गेहुको ओसार पसार गर्ने तस्करहरु संग प्रति ट्रेक्टर ३ हजार र सख्खर ओसार पसार गर्ने तस्करहरु संग प्रति ट्रेक्टर ७ हजारका दरले सशस्त्रका प्रहरी निरीक्षक दर्लामीले बुझेर लाईन दिएको एक तस्करले बताए । बुढगाईको नाका हुदै रातीको समयमा धान, गेहु र सख्खर लोड ट्रेक्टर दैनिक नेपालतर्फ भित्रीयाउने गरेको स्थानियहरुले बताएका छन । तस्करहरुले सशस्त्र प्रहरीकै सेटिङमा रातीराती ट्याक्टरकै माध्यमले सख्खर, धान र गहुँको तस्करी गर्ने गरेका छन भने दिनको समयमा साइकल र मोटरसाइकलमा २–२ बोरा ल्याई जम्मा गरी ट्याक्टरमा लोड गरेर बीरगंज, परवानीपुर, जितपुरसम्म पठाउने गरेका छन् ।

यस्तै, भिस्वाबाट काठमाडौं जाने रात्री नाईट बसमा अबैध रूपमा भित्रीयाईएको भारतीय कपडा र बच्चाले पिउने पावडर दुध लगायतको विभिन्न समान् बसमा हालेर काठमाडौं पठाउने गरेका छन ।

उता, बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ ।

मानिसको स्वास्थ्यमा खेलबाड, विषाक्त भारतीय माछा तस्करी ।

बुढगाइ नाकाबाट भारतीय माछा हप्तामा ५-६ पिकअप पिकअपमा लोड गरि तस्करीको माध्यमले नेपालतर्फ भित्रियाउने गरेको खबर प्राप्त भएको छ ।

भारतबाट आयातित माछा क्वारेनटाइन जाँच नै नभई नेपाल भित्रिरहेका छन् । मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउन सक्छ । विशेष गरेर भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झन्डै ४/५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरूले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् ।

‘फर्मालिन’ भनिने केमिकल हालिएको माछा भारतबाट क्वारेन्टाइन परीक्षणबिना भित्रिने यस्ता माछा रासायनिक र जैविक रुपमा स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्। तर स्वास्थ्यको लागि घातक भएपनि आफ्ना पकेट गरम गर्न सशस्त्र प्रहरी निरीक्षक दर्लामीले नेपाली जनताको स्वास्थ्यसंग खेलवाड गरिरहेका छन ।

सशस्त्र प्रहरी निरीक्षक दर्लामीले तस्करीका समान पक्राउ गरेर केही सस्तो समान भन्सार बुझाए र महँगो समान तस्करको जिम्मा लगाए ।

बैला भने सत्रुधनले भिस्वा नाकाबाट पहिला देखि नै स्थानीय प्रहरीलाई मिलाएर तस्करी गर्दै आएका छन । स्रोतका अनुसार केही महिना अगाडि तस्कर सत्रुधनले तस्करी वापतको बुझाउने रकममा १-२ दिन ढिलाई गर्दा र माथी काम देखाउन सशस्त्रका प्र. नि. दर्लामीले त मोटरसाइकल सहित ३ लाखको कपडा बरामद गरे तर फेरि मोटो रकम बुझेर मोटरसाइकल र केही राम्रो राम्रो कपडाहरु तस्करकै जिम्मा लगाएर कम मुल्यका आधी कपडा मात्र भन्सार बुझाएको उनिमाथि आरोप छ ।

यस बिषय प्रहरी निरीक्षक दर्लामीसंग बुझ्दा मेरो एरियाबाट कुनै तस्करीको लाईन नदिएको दाबी गरे तर उनले कुरागर्दा गर्दै खुला सिमानाका हो अलि अलि भइनै हाल्छ , अहिले खेतको बाटो पनि खाली छ त्यहाबाट पनि हुनसक्छ र चोराए लुकाएर गर्ने गरेको स्वयंम आफै प्र.नि. दर्लामीले बताए ।

बोर्डर नाकामा खटेका सशस्त्र प्रहरीहरुले तस्कहरुको आर्थिक प्रलोभनमा परि देशको राजश्व चुहावट गर्नेहरु संग साठगाठ गरी देश र आफनो संगठनको मर्यादा विपरित कार्य गर्ने यस्ता प्रहरीहरुलाई आवश्यक कार्यवाही गर्न जरुरी देखीएको छ ।