Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवनका यी क्षेत्रमा भोलि ६ घण्टा लोडसेडिङ (तालिकासहित)

    काठमाडौं/नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै भोलि (साउन ११) का लागि लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो । वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा लोडसेडिङ हुने भएको हो । वितरण…

    Read More
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ/सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ । यस्तै, आजै पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा…

    Read More
  • ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

    गलकोट,(बागलुङ)/सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी व्यवस्थापन समिति सक्रिय…

    Read More
  • पश्चिम चितवनमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने,एक हप्ताभित्र समस्या समाधान गरिने

    भरतपुर/पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै छ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो । चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत्…

    Read More
  • बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौँ/ललितपुरको बालकुमारीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४ ख २४७७ नं को मिनी ट्रकको ठक्करबाट आज दिउँसो पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको आज मृत्यु भएको हो । मृतकको परिचय खुलेको छैन ।…

    Read More
  • नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्छः अध्यक्ष दाहाल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मशताब्दी तथा ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यसविरुद्ध सङ्घर्ष गर्ने वाम शक्तिबीच एकता हुन सक्ने बताउनुभयो । “म पनि कम्युनिष्ट एकताको पक्षपाती हो…

    Read More
  • ‘विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य’

    भक्तपुर/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताउनुभएको छ । आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताउनुभयो । एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर…

    Read More
  • ‘विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य’

    भक्तपुर/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य भएको बताउनुभएको छ । आज नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताउनुभयो । एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर…

    Read More
  • साँढे ६ क्वीन्टल बढी गाँजासहित चितवन प्रहरीद्वारा एक जना पक्राउ

    चितवन/साउन १०/चितवनमा प्रहरीले साँढे ६ क्वीन्टल बढी गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको भारतीय कन्टेनरबाट राप्ती–१, स्थित लोथर पुल नजिकबाट उक्त गाँजासहित कन्टेनर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए। विशेष सूचनाको आधारमा आज बिहान ४ बजेको समयमा भारतीय नम्बर प्लेट युपी ८२ टी ३९२१…

    Read More
  • सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्ति जारी गर्दै कांग्रेस चितवनका पूर्वसभापति एवं नेपाल सरकार गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको बताउनुभएको छ । स्वर्गीय गुरुङले…

    Read More