Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेका छन्ः सभापति देउवा

    पाटन/नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताउनुभएको छ । पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्ता भाष्य र चुनौतीहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन…

    Read More
  • नेकपा एमाले चितवनको बैठक सम्पन्न : विधान अधिवेशनमा चितवनले महत्वपूर्ण सुझाव दिँदै

    चितवन/नेकपा (एमाले) जिल्ला कमिटी चितवनको नवौं पूर्ण बैठक सम्पन्न भएको छ । भाद्र २२–२४ गते ललितपुरको गोदावरी हलमा एमालेको विधान अधिवेशन हुँदैछ । उक्त विधान अधिवेशनमा विधानमा समावेश गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा जिल्लाले दिने सुझावका सम्बन्धमा केन्द्रीत रही बैठक बसेको हो । जिल्लाले पठाएका सल्लाह र सुझावहरुका बारेमा विधान अधिवेशनमा व्यापक छलफल हुने एमालेले…

    Read More
  • कालोपत्र नहुँदा बागलुङको बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

    गलकोट,(बागलुङ)/नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुराअवस्थाका कारण सवारी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र वर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ । बागलङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका…

    Read More
  • भरतपुरमा ८ वर्षमा १ हजार ६५ सय किलोमिटर सडक कालोपत्रे

    चितवन/कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९ वडा पुग्न ३० मिनेट छुट्टाए पुग्ने भएको छ । सडक सञ्जालले सबै स्थानलाई जोडेको छ । भरतपुर महानगरपालिकामा ८ वर्षको अवधिमा १ हजार ६५ किमि सडक कालोपत्रे भएको छ ।…

    Read More
  • सुदूरपश्चिममा ‘वल्के’ पर्व मनाइँदै

    कैलाली/जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्व सुदूरपश्चिम प्रदेशमा आज मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष भदौ १ गते मनाइन्छ । वल्के भन्नाले ‘कोसेली’ वा ‘उपहार’ भन्ने बुझिन्छ । आजका दिन बिहानै शुद्ध भएर इष्टमित्र, आफन्त र मान्यजन तथा छिमेकीलाई सगुनका रुपमा दूध, दही, पिँडालुको कलिला पात अर्थात् ‘गाभा’, फलफूल आदि दिएर पर्व मनाउने गरिएको…

    Read More
  • यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

    काठमाडौँ/संयुक्त अरब इमिरेट्स (यूएई)ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाह गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व ईद अल(अदाहका अवसरमा विभिन्न कसुरमा यूएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाह गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । “नेपालीहरुको कैद सजाय मिनाह गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त…

    Read More
  • आजको मौसम पूर्वानुमानः कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका…

    Read More
  • नारायणगढको क्षेत्रपुरमा रात्रिकालीन बजारको रौनक

    चितवन/भरतपुर महानगरपालिका–२, क्षेत्रपुर, नारायणगढ बजारमा सञ्चालन हुने रात्रिकालीन बजार पछिल्लो समय सांस्कृतिक, व्यापारिक र पर्यटन गतिविधिको आकर्षण बन्दै गएको छ। साँझपख उज्यालो बत्ती र सङ्गीतले झकिझकाउ हुने यस बजारमा दैनिक सयौं नागरिकको भीड हुने गरेको छ। उक्त बजारमा सांस्कृतिक प्रस्तुति, स्थानीय खानाका परिकार, हस्तकला, लुगा–कपडा, सजावटी सामग्रीदेखि विभिन्न दैनिक उपभोग्य वस्तुहरू समेत बिक्री वितरण गरिन्छ।…

    Read More
  • कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

    काठमाडौँ/जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म_ सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य…

    Read More
  • श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत होः उपराष्ट्रपति यादव

    काठमाडौँ/उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा आज आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवं प्रवचन’ कार्यक्रममा उहाँले श्रीकृष्णको जीवन केवल धार्मिक आस्थाको विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतका रूपमा रहेको बताउनुभयो । श्रीकृष्णको बाल्यकालदेखि युवावस्थासम्मका घटनाहरूले सेवा, नेतृत्व,…

    Read More