Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    एमालेलाई शुभकामना दिन महन्त ठाकुर आइपुगे चितवन

    चितवन/नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

    काठमाण्डौं/आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज देखि अभियान सुरू हुन लागेको हो । २०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा…

    Read More
  • बिश्व/बिचित्र

    फ्रान्सबाट आप्रवासी बोकेर बेलायत जाँदै गरेको डुंगा दुर्घटना, ३१ को मृत्यु

    एजेन्सी/आप्रवासी बोकेर फ्रान्सबाट बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् । दुर्घटना भएको क्षेत्रमा फ्रान्स र बेलायतका अधिकारीहरुले हवाई जहाज र डुंगाबाट उद्दार गरेका छन् । सो घटनाबाट आफू निकै दुःखी भएको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका…

    Read More
  • अपराध/दुर्घटना

    बोलेरोको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

    चितवन/बोलेरोको ठक्करबाट चितवनमा एकको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले बेलुका ७ः४५ बजे पैदल यात्रीलाई…

    Read More
  • पत्रपत्रिका/अन्य

    झन् कसिलो बन्दै कांग्रेसमा गुट

    काठमाडौं/नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्। पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशनः पर्चा–पम्प्लेटमा बन्देज, प्यानल बनाए कारबाही

    चितवन/नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको सबै तयारी पूरा भएको छ । एमालेको निर्वाचन आयोगको कार्यालयले आन्तरिक तयार पूरा गरेको भन्दै आजदेखि चितवनको सौराहामा चुनावको प्रकृयाको लागि कार्यालय स्थापना गर्ने जनाएको छ । १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०…

    Read More
  • पत्रपत्रिका/अन्य

    नेपाली कांग्रेस निर्वाचन क्षेत्र अधिवेशनः १३५ क्षेत्रबाट ३५०० बढी प्रतिनिधि

    काठमाडौं/नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेस अधिवेशनः फर्जी मत खसे पछि मतगणना स्थगित

    अछाम/फर्जी मत खसेको भन्दै अछाम १ मा कांग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७ सय ६४ रहेको क्षेत्र १ मा ७ सय ५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४ सय…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४…

    Read More
  • बिश्व/बिचित्र

    मध्य सिरियामा इजरायलको हवाई आक्रमणः चार जनाको मृत्यु

    काठमाण्डौं/मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ । इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ । छ सैनिक र एक नागरिक…

    Read More