Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    आज छठको अन्तिम दिन

    काठमाण्डौं/आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत…

    Read More
  • चितवन सेरोफेरो

    दानवीरका रुपमा चिनिएकी पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन

    चितवन/पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराती १ः१० बजेको समयमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । २०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरि लगातार १२ वर्षसम्म सांसद रहेकी श्रेष्ठ वि.स. १९८७ असोजको फूलपातीका दिन तनहूँको वन्दिपुरमा जन्मनु भएको थियो ।…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको…

    Read More
  • मुख्य पृष्ठ

    यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै

    काठमाण्डौं/रासस/नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप…

    Read More
  • अपराध/दुर्घटना

    छोरीको हत्या अभियोगमा पितालाई २० वर्षपछि मृत्युदण्ड

    एजेन्सी/ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ । बेन्जामिन कोल गम्भीर रूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागु भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–बुटवल खण्डको ठेक्का तोड्ने सडक विभागको चेतावनी

    चितवन/सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणगढ–बुटवल खण्ड विस्तार कार्य लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाको स्थलगत निरीक्षणपछि मात्र ठेक्का तोडिने प्रक्रिया अगाडि…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने

    काठमाडौं/आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि…

    Read More
  • अपराध/दुर्घटना

    जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

    पोखरा/देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-११ फुलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी…

    Read More
  • चितवन सेरोफेरो

    विराटनगरका स्रष्टा नवोदितले पाए चितवनको चिसाप लीलानर्मदा साहित्य पुरस्कार

    चितवन/विराटनगरका स्रष्टा मीनकुमार नवोदितलाई चितवनको चिसाप लीलानर्मदा साहित्य पुरस्कार अर्पण गरिने भएको छ । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा आज बसेको बैठकले नवोदितको कवितासङ्ग्रह ‘समयको बयान’ लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको स्थापना सरस्वती रिजाल र स्व.उपेन्द्र रिजालले आफ्ना दिवंगत मातापिताको नाममा स्थापना गर्नुभएको हो । यस पुरस्कारको राशी…

    Read More
  • मुख्य पृष्ठ

    रातको नौ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध

    काठमाडौं/रासस/सुख, शान्ति, समृद्धि र आपसी सद्‌भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसी भैलो खेल्न प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले एक विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसी भैलो खेल्न अनुरोध गरेको हो। परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका…

    Read More