Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    सेटिङ्गमा अबैध धन्दा: सशस्त्रमा घुमुवा राखेर असुली

    काठमाडौं/१२ साउन/सीमा नाकाहरुबाट अवैध तस्करी र अवैध कारोबार नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको बिओपीका कर्मचारीहरुले तस्कर र अवैध कारोबारीहरुसँग मिलेमतो गरी सेटिङमा तस्करीका सामान ओसार पसारको मार्ग खुल्ला गर्ने गरेको समाचार र तथ्य बाहिर आए पनि सशस्त्र मुख्यालयले खासै चासो राखेको पाइँदैन । बारा जिल्लाको सीमा नाकाबाट सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी भएको भन्दै मुख्यालय…

    Read More
  • अपराध/दुर्घटना

    पाँच लाख ऋण तिर्न नसक्दा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कार!

    सागर चन्द/काठमाडौ/श्रीमानको उपचार गर्न लिएको पाँच लाख रूपैंया ऋणको पासोमा परेकी एक दलित महिलाको ८० लाख रूपैंयाको घरजग्गा जाली तमसुकका भरमा कब्जा भयो। यति मात्रै होइन, उनीमाथि सामूहिक बलात्कार पनि भयो। ६ महिनाअघिको एउटा चिसो रात सपना (नाम परिवर्तन) को जिन्दगीको सबैभन्दा लामो रात बन्यो। उनी विछ्यौनमा त पसिन् तर निदाउन सकिनन्। मन बेचैन थियो।…

    Read More
  • अपराध/दुर्घटना

    सुन तस्करी प्रकरण: मामा भाञ्जामा अड्कियो, सञ्चालक भनिएका दिलिपको घरमा प्लास्टिकको छानो

    –विभागले मुख्य डिजाइनरको भेउ नै पाउन सकेन –अनुसन्धान पूरा हुन ६ महिना लाग्न सक्ने –उच्च तहको संलग्नता देखिए अनुसन्धान तुहिन सक्ने चिन्ता –भरिया र सामान्य व्यक्तिहरू मात्रै निशानामा –भाग्न खोज्नेहरू निगरानीमा पर्न सकेनन् काठमाडौं/राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति,…

    Read More
  • अपराध/दुर्घटना

    १ अर्ब बढी पर्ने तस्करीको सुन व्यवसायी दीपक मलहोत्राको रहेको दाबी!

    काठमाडाैं/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ। मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा सो सुन व्यवसायी दीपक मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ छ, तर अनुसन्धान जारी…

    Read More
  • अपराध/दुर्घटना

    राजस्व अनुसन्धानद्वारा विमानस्थलबाट एक क्विन्टल सुन बरामद

    काठमाडौ/राजस्व अनुसन्धमन विभागले अहिलेसम्मकै ठुलो परिमाणको सुन सहित सुन भरिया र एजेन्ट पक्राउ गरेको छ। राजस्व अनुसन्धमन बिभाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको हो । हङकङबाट आएको सुनसहित विभाग टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो । सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको…

    Read More
  • सहकारीमा ६५ अर्ब ठगी, बचतकर्ता ४५ दिनदेखि धर्नामा

    काठमाडौँ/देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महासङ्घको अगुवाइमा सहकारीबाट पीडित नागरिक आन्दोलनमा होमिएका हुन् । सहकारीपीडित बचतकर्ता महासङ्घका संयोजक हरिशचन्द्र श्रेष्ठ र संरक्षक कुशलव केसीले देशभरिका ३२ हजार सहकारीमध्ये १४ हजार सहकारीबाट ठगिएका ७३ लाख नागरिकका पक्षमा आन्दोलन थालेको बताउनुभयो ।…

    Read More
  • अपराध/दुर्घटना

    झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

    काठमाडौं/प्रहरीले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको । उनीहरूलाई उपत्यकाकाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले उनीहरूले विभिन्न समयमा नक्कली कागजात र ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्‍धानबाट खुलेको जानकारी दिए। अपराध अनुसन्धान कार्यालयको टोलीले…

    Read More
  • आज साउने संक्रान्ति पर्व, घरघरबाट लुतो फाल्ने दिन

    काठमाडौं/आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरू जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण…

    Read More
  • मुख्य पृष्ठ

    आज देशभर वर्षा हुने, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना

    काठमाडौं/मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण मुलुकभार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना…

    Read More
  • मुख्य पृष्ठ

    संसदबाट मिटरब्याजसम्बन्धी विधेयक पारित

    संसदबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकबाट मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०ु संशोधनसहित पारित भएको हो। प्रतिनिधिसभाको आईतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित…

    Read More