Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    म्याग्दी/म्याग्दीमा एक वर्षको अवधिमा १६५ वटा उद्योग–व्यवसाय थपिँदा ८२ वटा बन्द भएका छन् । एकीकृत सेवा कार्यालयमा आर्थिक वर्ष २०८२र८३ मा ७० वटा उद्योग र ९५ वटा व्यवसाय दर्ता भएका हुन् । उक्त अवधिमा ४१र४१ वटा उद्योग र व्यवसायको दर्ता खारेजी भएको कार्यालयका प्रमुख शम्शेर घर्ती क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ५६१ उद्योग र…

    Read More
  • छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू

    तुलसीपुर,(दाङ)/दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ । उहाँ अहिले ८० वर्ष पुग्नुभयो । तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । विसं २०५८ पुसदेखि सम्पर्कविहीन भएका उहाँका छोरा ओवीराम डाँगीको…

    Read More
  • कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

    चितवन/पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ । सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो । नौबिसे मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनिय प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन । विसं २०५६ मा पहिरो झरेको…

    Read More
  • भोटेकोशी बाढीः ७३५ वटा शव फेला, २५ प्रहरी सम्पर्कविहीन

    काठमाडौं/रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न…

    Read More
  • भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

    काठमाडौँ/रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिनुभयो । सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको रसुवास्थित रासस समाचारदाता सरस्वती न्यौपानेले टेलिफोनमार्फत जानकारी दिनुभयो । यसअघि यही भदौ १० गते…

    Read More
  • चितवनमा आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै

    चितवन/अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) को मापदण्डअनुसार चितवनमा सङ्कलित शव जमिनमा गाड्ने (समाधिस्थ) गर्ने तयारी गरिएको छ । शव गाड्नका लागि भरतपुर महानगरपालिका-१ देवघाटको जङ्गलमा खाल्डो खन्ने काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलाका अनुसार आइसिआरसीको मापदण्डअनुसार लामो खाल्डो खन्नुका साथै बीचमा ४० सेन्टिमिटर फरकमा शव राखिने गरी तयारी…

    Read More
  • भोटेकोशी बाढीः उद्धारका लागि आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग

    काठमाडौं/भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ । निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइसकेको जानकारी दिएको छ । उद्धार कार्यमा…

    Read More
  • चितवनमा फेला परेका सबै शव देवघाटको जमिनमुनी व्यवस्थापन गरिने

    चितवन/चितवनमा फेला परेका शवहरुलाई जमिन भित्र व्यवस्थापन गरिने भएको छ । डिएनएन परीक्षणका लागि नमुना संकलन पछि आजबाट नै शवलाई जमिनमुनी गाड्ने काम अघि बढाइने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । रसुवामा आएको बाढीबाट चितवनसम्म आइपुगेका शवहरुको व्यवस्थापनमा चुनौति देखापरेको थियो । शव सड्ने, दुर्गन्ध फैलिने संभावना देखिएपछि आज बसेको जिल्ला सुरक्षा समितिको…

    Read More
  • भोटेकोशीमा पानीको सतह फेरि बढ्यो, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ/भोटेकोशीमा जलसतह पुनःबढेको छ । लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढी आउनसक्ने जनाउँदै भोटेकोशी एवं त्रिशूलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका…

    Read More
  • आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

    काठमाडौँ/देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका…

    Read More