Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    प्रधानमन्त्रीको स्पेन भ्रमण प्रकरण : प्रधानमन्त्री सचिवालयलाई भरतपुरकी मेयर रेनु दाहालले दिइन् प्रमाणित गर्ने चुनौती!

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट तथ्यहीन समाचार सम्प्रेषण गरिएको भन्दै चितवनस्थित भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आपत्ति जनाएकी छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रमुख दाहालले आफ्नो सचिवालयबाट प्रधानमन्त्रीको स्पेन भ्रमणको विषयमा अफवाह नफैलाएको समेत बताइन् । महानगर प्रमुख दाहालले फेसबुकमा लेखेकी छन्,’तथ्यहीन समाचार सम्प्रेषण गरिएकोमा आपत्ति सहित गम्भीर ध्यानाकर्षण भएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    देशैभर मनसुनी वर्षाको सम्भावना! पहाडमा भारी बर्षा हुने मधेशमा कम!

    काठमाडौं/मनसुनी वायुको प्रभावको कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागको मौसममा आंशिकदेखि साधारणतया बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर…

    Read More
  • रसुवा हुँदै ठुलो बाढी नेपाल भित्रीयो, चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल बगायो।

    रसुवा/चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा अवस्थित नेपाल–चीन जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको छ। राति करिब ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीका कारण पुलमा गम्भीर क्षति पुगेको हो। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार मितेरी पुल बगाएको प्रारम्भिक जानकारी आएको छ। “पुलमा सामान्य क्षति मात्र भएको हो कि पूर्ण रूपमा बगाएको भन्नेबारे अझै…

    Read More
  • अन्तरजातीय बिवाहा गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान।

    चितवन/भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी एक-एक लाख रुपैयाँले सम्मानित गरेको हो। अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताउनुभयो । हरेक वर्ष सम्मानित…

    Read More
  • यी चार निर्माण कम्पनी परे कालो सूचीमा !

    काठमाडौ/प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले कालो सूचीमा राखिएकाे जानकारी दिएकाे हाे। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन- २०६३ को दफा ६३ को उपदफा (१)…

    Read More
  • सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै:साताव्यापी आन्दोलन कार्यक्रम सार्बजनिक।

    काठमाडौ/सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७…

    Read More
  • आज आषाढ शुक्ल एकादशी : तुलसीको बिरुवा मोठमा सारिंदै

    रासस/आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म तुलसीको मोठमा विशेष पूजा गरिन्छ। विष्णु भगवानको प्रतीक मानिने तुलसीलाई चार महिनासम्म विधिपूर्वक पूजा गरिन्छ। हरिशयनी एकादशीका दिन भक्तजनहरूले विशेष व्रत र पूजा गर्दछन्। २२ असार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।…

    Read More
  • रोट्र्याक्ट ३२९२, जोन-१४ द्वारा “जोनल ओलम्पिक सम्मान समारोह” सम्पन्न।

    चितवन/रोटर्‍याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तरगत जोन १४ द्वारा आयोजना गरिएको जोनल ओलम्पिक सम्मान समारोह शनिबार दियालो फूडल्याण्ड, भरतपुरमा भव्य रूपमा सम्पन्न भयो। ओलम्पिक प्रतियोगितामा सक्रिय सहभागी जोन १४ का १२ क्लबहरू, निर्णायकहरू, स्वयंसेवकहरू र अग्रजहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि सन् २०२६-२७ का लागि रोट्र्याक्ट जिल्ला प्रतिनिधि मनोनित…

    Read More
  • २२ औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव सम्पन्न

    चितवन/चितवनमा २२ औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाइएको छ । धान दिवसको अवसरमा आइतबार भरतपुर २४ मा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामूहिक रुपमा धान रोप्नुभयो । भरतपुर महानगरपालिका, कृषि विकास कार्यालय चितवन र केरुङ्का ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संयुक्त आयोजनामा यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सव…

    Read More
  • सर्वोच्च अदालतको फैसलाले ट्रम्प झनै शक्तिशाली, जन्मसिद्ध नागरिकता अन्त्यको बाटो खुल्यो

    वासिङ्टन डिसी/अमेरिकी सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठुलो कानुनी जित दिलाएको छ। अदालतको फैसलाले अब भविष्यका राष्ट्रपतिहरूका लागि समेत कार्यकारी आदेशमा तल्लो अदालतहरूले रोक लगाउन सक्ने अधिकारलाई सीमित गरेको छ। ह्वाइट हाउसको ब्रिफिङ कक्षमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो निर्णयलाई ‘धेरै ठुलो र अद्भुत’ भनेका छन्। उनले यो फैसला संविधान, शक्तिको पृथकीकरण र…

    Read More