Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते

    मध्यविन्दु (नवलपरासी)/नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् । गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो । दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका…

    Read More
  • राष्ट्रिय

    बर्ड फ्लू पुष्टि भएपछि चितवनमा ३८ हजार बढी कुखुरा नष्ट

    भरतपुर/चितवनमा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) संक्रमण देखिएपछि ३८ हजार बढी कुखुरा नष्ट गरिएको छ । खैरहनी नगरापालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दाना सहित कुखुरा नष्ट गरिएको हो । पशु सेवा कार्यालय चितवनका अनुसार संक्रमित फार्मबाट ३८ हजार २०० लेयर्स कुखुरा कुखुरा नष्ट गरिएको छ ।…

    Read More
  • परराष्ट्रमन्त्री खनालको ‘स्पष्टिकरणः प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित थियो’

    काठमाडौँ/परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गतेको संसद् बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा राख्नुभएको विषय ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर सोसम्बन्धमा स्पष्ट पार्दै उहाँले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट…

    Read More
  • दुई संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ/आज (बुधबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समितिको बैठक र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने बैठकमा आ.व.२०८३\८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य—मुख्य व्यवस्थाका सम्बन्धमा माननीय अर्थ मन्त्रीसँग छलफल गर्न कार्यसूची छ । यसैगरी, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने छ…

    Read More
  • राष्ट्रिय

    गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

    कञ्चनपुर/वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो । यस्ता किसानहरूलाई थप उत्प्रेरित गर्न शुक्लाफाँटा नगरपालिकाले किसानलाई गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण गर्ने अभियान थालेको छ । नगरपालिकाको ‘एक…

    Read More
  • ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम

    काठमाडौं/सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार आज शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको…

    Read More
  • एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

    काठमाडौँ/नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान निर्देशन दिनुभएको छ । एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सङ्गठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्नुभयो । पार्टीलाई अझ सङ्गठित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तालाई…

    Read More
  • ‘ब्यारेकजस्तै घर’

    राँझा,(बाँके)/बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा राष्ट्रसेवक सुरक्षाकर्मीको पहिचानसहितको बर्दी…

    Read More
  • मुख्य पृष्ठ

    रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी

    देवदह,(रुपन्देही)/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ । आइतबार तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी आशिष न्यौपानेलाई एक सय ५३ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित हुनुभएको हो । उपाध्यायले दुई सय ९६ र न्यौपानेले एक सय ४३ मत प्राप्त गर्नुभएको छ । यस्तै, जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी हुनुभएको छ…

    Read More
  • WAY ग्रुप नेपालद्वारा ११औँ वार्षिक स्थापना दिवस मनाइयो

    WAY ग्रुप नेपालले सामाजिक तथा वातावरणीय क्षेत्रमा निरन्तर सेवा, जनचेतना अभिवृद्धि र सकारात्मक परिवर्तनका लागि क्रियाशील रहँदै आफ्नो ११ औँ वार्षिक स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाका केन्द्रीय अध्यक्षले शुभकामना सन्देश जारी गर्दै संस्था स्थापना भएदेखि हालसम्मको यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण अभियन्ता, कार्यसमिति सदस्य, शुभेच्छुक, सहयोगी तथा प्रत्यक्ष र…

    Read More