Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनुभएको हो । “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होममा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ”, प्रधानमन्त्री…

    Read More
  • मुख्य पृष्ठ

    पृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम

    डुम्रे ९ तनहुँ/पृथ्वी राजमार्गअन्तर्गतका होटल व्यवसायीलाई दक्ष तथा सेवा प्रभावकारी बनाउने उद्देश्यले पर्यटकमैत्री सेवा तालिम आजदेखि दमौलीमा सुरु भएको छ । पर्यटकलाई सहज र होटल व्यवसायलाई सरसफाइयुक्त बनाउन राजमार्गका साथै तनहुँका होटल व्यवसायीलाई पर्यटकमैत्री सेवा तालिम दिइएको हो । तनहुँको सदरमुकाम दमौलीमा होटल पर्यटनकर्मीलाई दुईदिने ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम दिएर प्रभावकारी बनाउन लागिएको होटल व्यवसायी महासङ्घ…

    Read More
  • विद्यार्थी महोत्सव र एमाले चितवनको अधिवेशन सफल पार्न जुट्यो अनेरास्ववियु चितवन

    चितवन/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० जिल्ला कमिटी चितवनको पदाधिकारी बैठक सम्पन्न भएको छ । अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यका अनुसार बैठकले नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशन, काठमाडौंमा हुँदै गरेको विद्यार्थी महोत्सव र मदन आश्रित स्मृति दिवसकाबारे छुट्टाछुट्टै निर्णय गरेको छ । बैठकले यही जेठ १२, १३ र १४ गते हुन लागेको…

    Read More
  • सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौँ/उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो । “सुशासनका लागि कानुन र…

    Read More
  • लामो समयको खडेरीपछि वर्षा, किसानलाई राहत

    बैतडी/लामो समयको खडेरीपछि वर्षा हुँदा यहाँका किसानलाई राहत मिलेको छ । वर्षा भएपछि उनीहरुलाई खेतीपाती गर्न सहज भएको छ । वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको दोगडाकेदार गाउँपालिका–३ का किसान फुनडी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “ लामो समयको खडेरीपछि पानी परेको छ, अब यसले बालीनालीलाई फाइदा पुग्नेभयो ।” वर्षाले तरकारी…

    Read More
  • पर्यटकीयस्थल ऐनापहरालाई सुन्दर बनाउन फूल रोपण

     तनहुँ/तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन फूल रोपिएको छ । लायन्स क्लब अफ आँबुखैरेनी सिटी…

    Read More
  • एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

    काठमाडौँ/एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ । नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० मा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,…

    Read More
  • राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छ– रक्षामन्त्री उप्रेती

    काठमाडौँ/रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने विशेष दायित्व बोकेको निकायका रुपमा रक्षा मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँले देशको स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताजस्ता महत्वपूर्ण र संवेदनशील विषयमा प्रत्यक्ष सरोकार राखेर कार्य गरिरहेको बताउनुभयो । बैठकमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था,…

    Read More
  • राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

    काठमाडौँ/आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दैआएको छ । उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ । पार्टी अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत भन्सार राजस्व देशको समृद्धिका…

    Read More
  • चिम्टीका अग्निपीडितलाई राहत

    राजविराज ९सप्तरी/आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन् । नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका–१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरिएको हो । नेपाल–भारतमैत्री सङ्घले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक…

    Read More