Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    चितवनमा अनुचित लेनदेन : सात कठ्ठा जग्गा फिर्ता गर्न सहमति

    चितवन/चितवनमा अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा परेको उजुरीका आधारमा खैरहनी नगरपालिकाका अनुचित लेनदेनका पीडितलाई जग्गा फिर्ता गराउने सहमति भएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा गोपिचन्द्र दवाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितले एक महिनाभित्र रु दुई करोड ४० लाख तिर्ने र पीडकले जग्गा…

    Read More
  • आवश्यकताका आधारमा संविधान संशोधन र परिमार्जन गर्न सकिन्छः पूर्वप्रधानन्यायाधीश कार्की

    काठमाडौँ/पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आवश्यकताका आधारमा संविधान संशोधन र परिमार्जन गरेर जान सकिने बताउनुभएको छ ।कानुनी न्यायिक अध्ययन प्रतिष्ठानको ११ औँ वार्षिक साधारणसभाको सन्दर्भमा आज आयोजित ‘संविधान संशोधन स् औचित्य र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभयो । “संविधान संशोधन गरेर मात्रै जनताको समस्या समाधान हुँदैनन्”, उहाँले भन्नुभयो, “संविधान संशोधन गर्नुपर्ने…

    Read More
  • मुख्य पृष्ठ

    नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

    नवलपरासी,(बर्दघाट सुस्ता पश्चिम)/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।आमरण अनशनमा बस्नुभएका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको हो । उहाँले भन्नुभयो, “नारायणगढ–बुटवल र हुलाकी राजमार्गमा यात्रा गर्न निकै सकस…

    Read More
  • अपराध/दुर्घटना

    बागलुङ दुर्घटनाः अस्ताए गाउँपालिकाकी उपाध्यक्ष, आमा गोपीमाया र वडाध्यक्ष श्रीपाली

    त्रिवेणी,(रुकुमपश्चिम)/रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उहाँकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर श्रीपालीको…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल ह्याचारी संघको स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

    चितवन/नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश समन्वय समितिले मिति २०८१ भदौ २७ गते नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको २०८१ भदौ १४ गते सम्पन्न १३ औ साधारण सभा तथा छैठौ अधिवेशनवाट निर्वाचित कार्यसमितिलाई स्वागत, बधाई तथा शुभकामना दिने कार्यक्रम सम्पन्न भएको छ। नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिका संयोजक श्री ज्ञानवहादुर बिसुरालज्यूको सभापतित्वमा भएको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा ‘राम मिष्ठान्न भण्डार’को शाखा संचालनमा

    चितवन/भरतपुर १० एरपोर्ट अगाडि एक कार्यक्रमकाबीच ‘राम मिष्ठान्न भण्डार’को उद्घाटन गरिएको छ । नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुकेले उक्त मिष्ठान्न भण्डारको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै उहाँले व्यवसायीका हकहित र अधिकारको सुनिश्चिततामा राज्यले जोड दिनुपर्ने बताउनुभयो । बि।स। २०४१ सालदेखि व्यवसाय संचालन गर्दै आइरहनुभएका ‘राम मिष्ठान्न भण्डार’का संचालक राम प्रसाद…

    Read More
  • अपराध/दुर्घटना

    वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौँ/वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका–७ घर भएका ३० वर्षीय सुशान्त सिंह, काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने कपिलवस्तु कृष्णनगर नगरपालिका–११ घर भएका ३६ वर्षीय सल्लउदिन वेग र काठमाडौँ बुढानीलकण्ठ…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर भ्रमण वर्षको सन्दर्भमा: देवघाटमा धार्मिक महोत्सव हुने

    चितवन/पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने भएको छ । महोत्सवमा धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा), योग गुरु रामदेव, आचार्य बालकृष्ण लगायतका सन्त महन्तको ठूलो सहभागिता हुने भएको हो । भरतपुर भ्रमण वर्षको सन्दर्भमा देवघाट क्षेत्र विकास समिति र उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्न लागेका हुन् । भरतपुर महानगरपालिका र देवघाट गाउँपालिका महोत्सवका प्रवद्र्धक…

    Read More
  • कला/साहित्य

    तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने !

    डिल कुमारि नेपाल/काठमाडौं–निर्देशक विनायक तामाङको निर्देशन रहेकाे तामाङ चलचित्र “ग्याल्बो राजा” यहि भदाैं २९ गते बनेपा शुभकामना हलमा प्रदर्शन हुने भएको छ । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण गरिएको “ग्याल्बो राजा” नयाँ वर्षको अवसरमा पहिलो तथा विशेष प्रर्दशनको तयारी पूरा भएको निर्देशक तामाङले बताउनुभयाे । संगीता तितुङको प्रस्तुती यो चलचित्रमा नायकको रुपमा विनायक तामाङ र…

    Read More
  • मुख्य पृष्ठ

    ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

    काठमाडौँ/ नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ ।महिलाले वर्षमा एकपटक आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्नुपर्ने शास्त्रीय विधि रहेको छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी…

    Read More