Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    पाल्पामा छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला

    तानसेन,(पाल्पा)/यहाँको माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा एक पुरुष र एक महिला मृतावस्थामा फेला परेका छन् । आज दिउँसो माथागढी गाउँपालिका–४ झडेवास्थित खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृतावस्थामा फेला परेका छन् । सार्की पाँच दिनअघि आफन्तको घरमा गएको र मङ्गलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म घर नपुगेपछि परिवारले खोजतलास गरेका थिए ।…

    Read More
  • मुख्य पृष्ठ

    राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र…

    Read More
  • मुख्य पृष्ठ

    ६३ जना एसपीको सरूवा, को कहाँ ? (सूचीसहित)

    काठमाडौँ /६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । सोमबार उनीहरुको सरुवा गरिएको हो । अनन्तराम शर्माको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा गरिएको छ । अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा गरिएको छ । अमरेन्द्र बहादुर सिंहको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर,धनुषामा सरुवा गरिएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    सुस्ता झोलुङ्गे पुल जोखिममा

    नवलपरासी,(बर्दघाट सुस्ता पश्चिम)/स् पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेकोे छ ।झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताउनुभयो । उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकल कुदाउँदा पुल जीर्ण बनेको छ ।” सम्बन्धित निकायले निगरानी नगर्दा समस्या भएको उहाँको भनाइ छ…

    Read More
  • मुख्य पृष्ठ

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन

    काठमाडौँ/पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठिन उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ । आज नयाँ बानेश्वरस्थिति संसद् भवनको शङ्कर हालमा उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन बुझाउनुभएको समितिका सचिव एवं संसद् सचिवालयका प्रवक्ता ९सहसचिव० एकराम गिरीले राससलाई जानकारी दिनुभयो । प्रतिवेदन ग्रहण गर्दै समितिका सभापति पोखरेलले…

    Read More
  • चितवन सेरोफेरो

    गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा

    गण्डकी/निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् ।निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । पचास वर्षअघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । गण्डकी प्रदेशको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरद्धारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु !

    चितवन/सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । आईतबार भरतपुर वडा नम्बर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रम सुरु गर्नुभएको हो । कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो । भरतपुरका सरकारी स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएका आमाहरुलाई…

    Read More
  • मुख्य पृष्ठ

    अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

    इलाम/शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको…

    Read More
  • मुख्य पृष्ठ

    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    काठमाडौँ/चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्नुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन्…

    Read More
  • प्रहरीको दमनपछी झन् आक्रामक शिक्षक, आन्दोलनमा आउन देशभरका शिक्षकलाई आह्वान

    काठमाडौं/प्रहरीले दमन गरेको भन्दै शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने भएका छन्।आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अन्तिम लडाइँका लागि अनिवार्य काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा नआएकाहरुलाई कर्तव्यबोध गर्दै काठमाडौं आउन अपिल गरेका हुन्। ‘काठमाडौं आउन बाँकी रहनुभएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीहरुको रगत बगिसक्दा पनि अझै…

    Read More