सार्बजनिक जग्गा अतिक्रमण गरी बनाइएको मेघापार्क पतन्जलीले किन्दै ।
नवलपुर/नवलपरासी दाउन्ने पुर्बमा रहेको देवचुली नगरपालिका १ र १७ भित्र रहेको करिब १० बिगाहा क्षेत्रफल सार्बजनिक जग्गा अतिक्रमण गरी बनेको मेघा पार्क भारतीय लगानीको बिवादित सँस्था पतञ्जली आर्युवेदलाई बिक्रि गर्न लागेको खुल्नमा आएको छ ।
नारायणगढका धनाढ्य सिद्धकुमार श्रेष्ठको लगानी रहेको सिद्ध कुमार एण्ड सन्स कम्पनिको नाममा रहेको उक्त रिर्सोटले देवचुली भई नारायणीमा मिसिने मुकुण्डे खोलाको करिब १० बिगाहा सार्बजनिक जग्गा अतिक्रमण गरी रिर्सोट बनाएको भन्दै निर्माणको क्रममै बिवादीत बनेको थियो । रिसोर्टको बिरोधमा गाँउलेहरु निरन्तर उत्रीएपछी श्रेष्ठले सो रिर्सोट बेच्न लागेको एक स्थानियले बताए । साबिक दिब्यपुरी गा.बि.स.भएर बग्ने मुकुण्डे खोलालाई आफनो कम्पाउण्ड भित्र पारी सार्बजनिक जमिन समेत अतिक्रण गरी श्रेष्ठले पिकनिक स्पोर्ट, फनपार्क सहितको भब्य रिसोर्ट बनाएका भएपनि सो रिर्सोटमा अख्तियार लगाएत राज्यका निकायहरुले समेत अनुसन्धान र कार्बाहीको प्रक्रिया चलाएपछी लामोसमय कानुनी झन्झटमा फसेका श्रेष्ठले करिब ६ सय करोडमा रिसोर्ट बिक्री गरेको श्रोतले बताएपनि त्यस्को आधिकारिता पता लागेको छैन् । ।
नगरपालिकाको मापदण्ड बिपरित नक्सा पास नगरिकन, कतिपय नक्सापास गरेपनि त्यो देखावटी तथा डिजाईन बिपरितको फिल्ड र भवनहरु बनाएको, खोलामा अबैध रुपमा मापदण्ड बिपरित पर्खाल लगाएको, नारायणी नदी र मुकुण्डे खोलालाई अबैध रुपमा दोहन गर्नुको साथै नदी जन्य पदार्थको मनलाग्दी उत्खनन्, निर्माण कार्यमा प्रयोग तथा डम्पीङ्ग गरेको मात्र नभई खोलालाई अबैध रुपमा बाँध बनाई बोटीङ्गको लागी पोखरी तथा तलाउ बनाएको भन्दै स्थानीयहरुले श्रेष्ठको बिरोधमा लागेका थिए । रिर्सोट सञ्चालक श्रेष्ठले सरकारी राजस्व र आयकर समेत ब्यापक मात्रमा छली गरेको भन्दै राजस्व कार्यालयले समेत छानबिन गरेको स्थानिय युवा ब्यबसायी बाबुराम घिमिरेले भने । उनले अगाडी थपे सार्बजनिक जग्गा हडपेर श्रेष्ठले बनाएको पार्क बिक्रिको कुरा आएको छ, ढिलो चाडो सार्बजनिक जमिन अतिक्रमणको छानबिन भएरै छाड्छ । यता मेघापार्कका सञ्चालक श्रेष्ठसँग सम्पर्क गर्नखोज्दा उनीसँग सम्पर्क हुन सकेन् ।