Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

    म्याग्दी/नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेकमा पूर्वाधार निर्माण थालिएको छ । खोपारा घुम्न आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग र खानेपानी व्यवस्थापनको काम थालिएको हो । गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरिएको इञ्जिनियर सुमन बोगटीले जानकारी दिनुभयो…

    Read More
  • परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट

    काठमाडौं/परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।त्यस अवसरमा मन्त्री डा राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी हुनुभएकामा धन्यवाद व्यक्त गर्नुभयो । साथै मन्त्री डा राणाले सिन्धुली बर्दिवास बाटोको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । गत वर्ष…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा वाईसिएलका २२ युवा एमाले प्रवेश

    चितवन/नेकपा माओवादीको वाईसिएलमा रहेका २२ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । भरतपुर १६ का वाईसिएलमा आवद्ध २२ जना युवा मिलन बुढाथोकीको नेतृत्वमा आज एमाले प्रवेश गरेका एमाले चितवनले जनाएको छ । भरतपुरको दासढुंगामा आयोजित मदन आश्रित स्मृति सभामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी र एमाले चितवनका अध्यक्ष कमलराज पाठक लगायतले…

    Read More
  • चितवन सेरोफेरो

    मदन आश्रित स्मृति दिवस : दुर्घटनास्थल दासढुंगा पुगेर नेताहरुले सम्झिए मदन भण्डारी

    चितवन/३२ औं मदन आश्रित स्मृति दिवसका अवसरमा आज भरतपुरको दासढुंगामा स्मृति सभा सम्पन्न भएको छ । नेकपा एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन भरतपुर चितवनको समन्वयमा भरतपुरको दासढुंगास्थित मदन आश्रित स्मृति पार्कमा सभा आयोजना गरिएको हो । मदन आश्रितको शालिकमा माल्यार्पण गरी मदन आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव…

    Read More
  • मुख्य पृष्ठ

    जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती

    काठमाडौँ/सरोकारवाला विज्ञहरूले जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । आजदेखि सुरू भएको बहुप्रतिक्षित सगरमाथा संवादको तेस्रो समानान्तर सत्रअन्तर्गत खाद्य सुरक्षा र जलवायु प्रतिरोधी कृषि विषयक सत्रमा उहाँहरूले खाद्य सुरक्षामा देखिएको समस्या विकराल बन्न सक्ने बताउनुभयो । अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थानका कार्यकारी निर्देशक डा मार्क स्मिथले यतिबेला विश्व पानीको सङ्कटको…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षा

    काठमाडौँ/हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा

    चितवन/भरतपुर वडा नम्बर २४ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा घोषणा गर्नुभयो । भरतपुर– २४ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ६ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यसअघि भरतपुर १४, १३, २३,२१ र ६ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष ०८३/८४ मा…

    Read More
  • मौसमः यी प्रदेशमा आज वर्षाको सम्भावना

    काठमाडौं/हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी,…

    Read More
  • चितवन सेरोफेरो

    राष्ट्रिय युवा संघ नेपाल भरतपुरले विभिन्न कार्यक्रम गरी मनायो ३६ औं स्थापना दिवस

    चितवन/राष्ट्रिय युवा संघ नेपालको ३६ औं स्थापना दिवस राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले विभिन्न कार्यक्रम गरी मनाएको छ । एकैदिन ४ वटा कार्यक्रम गरी स्थापना दिवस मनाइएको महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए । ४ वटै कार्यक्रम अध्यक्ष कार्कीकै अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपालका…

    Read More
  • मुख्य पृष्ठ

    देशैभर विद्युत् अवरुद्ध

    काठमाडौं/देशैभर विद्युत अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, ढल्केबर सबस्टेसनमा समस्या हुँदा विद्युत प्रसारणमा समस्या भएको हो। हामीले यो लाइनमा भारतबाट बिजुली ल्याउने काम गर्छौँ दिउँसो,उनले भने,उताबाट बिजुली नआउँदा हाम्रो यताको बिजुली त्यो लाइनमा सप्लाइ हुने हो। तर अहिले बिजुली सप्लाइ नै लिइरहेको छैन। त्यही भएर सबैतिर बिजुली गएको हो। समस्याको…

    Read More