ुपतञ्जलिजस्तो संस्थामा यस्तो होला भन्ने कल्पना थिएनु
काठमाडौँ/पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट पाएको हदबन्दी छुटको जग्गा हिनामिना अभियोगमा तत्कालीन प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले बिहीबार नेपालविरुद्ध मुद्दा दायर गरेपछि उनको दल एकीकृत समाजवादीले पार्टीले राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको बताएको छ ।
सो पार्टीको सचिवालय बैठकले पार्टी र अध्यक्षमाथि राजनीतिक प्रतिशोध एवं षड्यन्त्र भएको भन्दै राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
पूर्वप्रधानमन्त्री नेपालले पनि आफूमाथि राजनीतिक प्रतिसोध साँध्ने काम भएको बताएका छन्। अध्यक्ष नेपालसँग गरिएको संक्षिप्त कुराकानी स्
पतञ्जलि जग्गा प्रकरणमा तपाईंमाथि भ्रष्टाचारको आरोप लाग्यो नि रु
मैले कुनै किसिमको भ्रष्टाचार गरेको छैन, कसैसित अनुचित लाभ लिएको छैन । कुनै पनि मन्त्रीलाई अनुचित कार्य गर्न निर्देशन दिएको छैन । त्यसो गरेको भए प्रमाण पेस गरियोस् । जहाँसम्म पतञ्जलिजस्तो संस्थाको कुरा छ, स्वामी रामदेव र आचार्य बालकृष्णजस्ता व्यक्ति भएको ठाउँमा अनुचित काम त कसैले कल्पना पनि गर्न सक्दैन । मैले अनुचित हुने कुनै काम गरेको छैन । सबै कानुनले हेर्ने कुरा हो ।
एउटा टुक्रा पनि सरकारी जग्गा दिइएको छैन । हदबन्दीभन्दा माथिको कुरा भएको हो भने, उचित भएको छैन भने सबै जग्गा फिर्ता लिन सकिन्छ । त्यसैका आधारमा कुनै अपराध गरेको, नियत खराब भएको मान्न मिल्दैन । मन्त्रिपरिषद्बाट निर्णय भएको छ भने विभिन्न प्रक्रियाबाट सबै मन्त्रीले हेरेर त्यसलाई पास गरिएको होला, अघि बढाइएको होला । राष्ट्रलाई नोक्सानी हुने काम भएको छरछैन मलाई थाहा छैन, त्यो भएको छ भने पनि त्यस्तो अनुचित कुरालाई छुट दिन सकिँदैन ।
अख्तियारले बयान लिँदा योरत्यो कागज पुगेन भनेन र रु
मैले आफ्नोतर्फबाट कुनै बेठीक काम गरेको छैन । पतञ्जलिजस्तो संस्थामा यस्तो भएको होला भन्ने कल्पना पनि गरेको थिइनँ ।
यदि पूर्वाग्रही ढंगले मुद्दा दर्ता भएको हो भने फेरि ललिता निवास प्रकरण ब्युँतिन सक्ने सम्भावना कत्तिको छ रु
मैले बदमासी गरेको हुनुपर्यो नि ।
बदमासी नगर्दा पनि मुद्दा कसरी लाग्यो त रु
अब हेरौं के हुन्छ ।
मैले कुनै अपराध गरेको छैन भन्नुहुन्छ रु अनि अख्तियारले के अभियोग लगाएर मुद्दा दर्ता गर्यो रु
अब त्यो त के भएको हो, के छ, मलाई त्यति जानकारी छैन । म पनि कानुन व्यवसायीसित परामर्श गर्छु । कानुनमा के छ, त्यो बेला विभिन्न मन्त्रालयबाट के–के कागजपत्र आए, कसले के–के सिफारिस गरे, कसले लुपहोल्स राखे, त्यसमा ध्यान पुग्योरपुगेन, यावत् कुरा नबुझी म केही भन्न सक्दिनँ ।
असल कामका लागि निर्णय गरेको भन्नुभयो, त्यसो भए यो मुद्दा पूर्वाग्रही ढंगबाट दर्ता भएको हो रु
म कसैलाई आरोप लगाउन चाहन्नँ । कुनै खराब नियतबाट भ्रष्टाचारका लागि आदेश दिने काम मबाट भएको छैन, हुँदैन पनि । यस्तो कुराको म विरोध गर्छु ।
तपाईंकै पार्टीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुद्दा दर्ता भएको भन्नुभएको छ, तपाईंको भनाइ के छ रु
यो त सिधा कुरा हो । मेरो राजनीतिक करियर समाप्त पार्न उहाँ ९केपी शर्मा ओली० सुरुदेखि नै लाग्नुभएको हो । पटकपटक प्रयास गरेकै हो । उहाँ ९ओली० बदलाको भावनाबाट चल्नुभएको छ ।
पतञ्जलिमा तपाईंमाथि मुद्दा चल्यो, गिरीबन्धु र शेरा दरबारको विषयमा तपाईंको धारणा के छ रु
अहिले केही बोले बदलाको भावनाले भन्छन् । आफूमाथि पर्दा यस्ता कुरा उठायो भन्छन् । हेरौं अब के हुन्छ । तर सबै हेर्ने न्यायालय छ । न्यायभन्दा ठूलो कुरा केही हुन सक्दैन । सत्यभन्दा ठूलो कुरा केही हुँदैन । नबिराउनु, नडराउनु भन्ने मान्यतामा म अडिग छु ।
अब तपाईंको सांसद पद निलम्बन भयो । पार्टी अध्यक्ष हुनुहुन्छ, आगामी यात्रा कस्तो हुन्छ रु
अब हेरौं । त्यसका निम्ति जे प्रक्रिया हुन्छ, म सामना गर्छु । कान्तिपुर पत्रपत्रिका बाट