| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिस्कार

    काठमाडौँ/प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसदहरुले नाराबाजी गरिरहेका छन् । आजको…

    Read More
  • पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

    अर्घाखाँची/पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री ९पौडेल०को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान ४ः०० बजे ९० वर्षको उमेरमा निधन भएको हो । अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा विसं १९९३ सालमा जन्म भएको थियो ।…

    Read More
  • गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड

    काठमाडौँ/समृद्धिको प्रमुख आधार मानिएको पूर्वाधार क्षेत्रको विकासमा गुणात्मक फड्को मार्न संसदीय निगरानीलाई बृहद् बनाउनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, पूर्वाधार विकास समिति र नेपाल पूर्वधार पत्रकार समाजको सहकार्यमा सङ्घीय संसद् सचिवालयले आज यहाँ आयोजना गरेको ‘नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी’ विषयको अन्तरक्रियाका वक्ताहरूले कार्यपालिकाको कामलाई व्यवस्थापिकाले सूक्ष्म रूपमा निगरानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘नेपालमा…

    Read More
  • विकल्पबाट डराउँदै ओली : भण्डारीको त्रास, झोलेहरुको आश

    भक्तपुर/नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पछिल्लो समय विकल्पबाट डराउन थालेका छन् । आफू बाँचुञ्जेल आफ्नो विकल्प एमालेमा नखोजिने सोचमा रहेका ओली पछिल्लो समय विकल्पको कुरा उठ्न थालेपछि त्रसित भएका हुन् । एमालेमा रहेका आफ्ना सबै विरोधीहरुलाई कि त अर्को दलमा पु¥याएर कि त कँजाएर राखेको ठानी आफूलाई निर्विकल्प ठान्ने गरेका…

    Read More
  • ‘निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छः प्रधानमन्त्री’

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गर्नुभयो । “नेपाल र नेपालीको चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा…

    Read More
  • सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

    काठमाडौँ/सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि,…

    Read More
  • प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि…

    Read More
  • ‘देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ’

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यकयक भएको बताउनुभयो…

    Read More
  • कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा

    काठमाडौँ/परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउँदै उहाँले आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्र तथा विश्व समुदायसँग कूटनीतिक सक्रियता बढाएको बताउनुभएको हो ।…

    Read More
  • बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का

    काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा आज उहाँले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको बताउनुभएको हो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार…

    Read More