Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    बन्द प्रभावः पोखराबाट आठ बन्दकर्ता पक्राउ

    पोखरा/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ । कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकाहरुसँग सोधपुछ भइरहेको बताए । नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । बन्दको असर पोखरामा…

    Read More
  • मुख्य पृष्ठ

    बन्द सफल पार्न सडकमा निस्किएका विप्लवका ११ कार्यकर्ता पक्राउ

    तनहुँ/पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका ११ जना कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । आज बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए । सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज विप्लवको बन्द

    चितवन/पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले गरेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज नेपाल बन्दको कार्यक्रम रहेको छ । नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय…

    Read More
  • अपराध/दुर्घटना

    हत्यापछि सेफ्टी ट्याङ्कीमा शव, घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ

    झापा/झापाको गौरादह ५ चप्रमारीमा एक व्यक्तिको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा फालिएको अवस्थामा फेला परेको छ ।  ४६ वर्षीय मबेसीर हुसेन मियाको शव सोही ठाउँका मोहम्मद सद्दामको घरको  सेफ्टी ट्याङ्कीमा भेटिएको हो । घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय मोहम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६…

    Read More
  • चितवन सेरोफेरो

    एमालेका महाधिवेशन प्रतिनिधिलाई सौराहामा ५० प्रतिशतसम्म छुट

    चितवन/नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरेर सौराहाका व्यवसायीहरुले ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीले छुटको घोषणा गरेका हुन् । नारायणगढस्थित नारायणी नदी किनारमा उदघाटन समारोह र सौराहामा बन्दसत्र गर्ने निर्णय एमालेले गरिसकेको छ । योसँगै सौराहामा चहलपहल थप बढेको छ । एमाले…

    Read More
  • मुख्य पृष्ठ

    हुलदंगा र तोडफोड भएपछि नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित

    काठमाडौं/नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित महाधिवेशनमा असन्तुष्ट समूहले हुलदंगा गर्दै तोडफोड गरेपछि स्थगित गरिएको हो । गैरप्रतिनिधिहरुको समूहले महाधिवेशनस्थलमा होहल्ला गर्दै कुर्सिहरु तोडफोड गरेपछि महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताए । १६ वटा जिल्ला समिति विघटन गरी आफूखुसी तदर्थ समिति गठन…

    Read More
  • मुख्य पृष्ठ

    आज नेपाली काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्दै 

    काठमाण्डौं/नेपाली काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन आज गर्दैछ । क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा आज अधिवेशन गर्न लागिएको हो । १३ जिल्लामा अधिवेशनमार्फत आज क्षेत्रीय प्रतिनिधि चुनिने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समिति संयोजक महादेव प्रसाद यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भएकाले आज १३ जिल्लामा वडा…

    Read More
  • मुख्य पृष्ठ

    १०औैँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले आज प्रतिनिधि चयन गर्ने

    चितवन नेकपा (एमाले) ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने भएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि आज एकैदिन देशभरबाट एक हजार ९ सय ९९ जना प्रतिनिधि चयन गर्न लागिएको एमालेले जनाएको छ । कतिपय स्थानमा भने सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । तर महासचिव इश्वर पोखरेलले महाधिवेशन…

    Read More
  • मुख्य पृष्ठ

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

    काठमाण्डौं/सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिब गंगालाल तुलाधारले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठक बानेश्वरमा बस्ने भएको हो । विभिन्न पार्टीबाट…

    Read More
  • मुख्य पृष्ठ

    स्थलमार्ग हुँदै एमाले अध्यक्ष ओली आज चितवन आउँदै

    चितवन/आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन आउँदै हुनुहुन्छ। अध्यक्ष ओली आज चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्गबाटै आउँन लाग्नु भएको हो। स्थलमार्गबाट अध्यक्ष ओली चितवन आउँने उहाँको निजी सचिवालयले जानकारी दिएको छ। ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको…

    Read More