Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    जनपत्रकार संगठन नेपाल नवलपुरको प्रथम जिल्ला भेला सम्पन्न।

    जनपत्रकार संगठन नेपाल नवलपुरको जिल्ला भेला सम्पन्न भएको छ। संगठनका जिल्ला संयोजक भानु चापागाईको अध्यक्षतामा संगठनले प्रथम जिल्ला भेला सम्पन्न गरेको हो।  नवलपुरको सदरमुकाम कावासोतीमा जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य सुर्य बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाल कम्युनिष्ट पाटीका नवलपुर सेक्रेटरी शितल लगाएतको आतिथ्यता रहेको थियो।                   …

    Read More
  • मुख्य पृष्ठ

    कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न डब्लूएचओको आग्रह

    काठमाण्डौं/कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले अनुरोध गरेको छ । यसअघिका भेरियन्टभन्दा ओमिक्रोनले विरामीलाई गम्भीर अवस्थामा पु¥याउने दर कम भएपनि यसले सङ्क्रमण दर र मृत्यु दर बढाइरहेको भन्दै सचेत हुन डब्लूएचओले अपील गरेको हो । डब्लूएचओका अनुसार ओमिक्रोन भेरियन्ट कै कारण विश्वभर एक हप्तामा सङ्क्रमण दर ७१ प्रतिशतले बढेको छ । यसैबीच…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा माओवादी केन्द्रको पदाधिकारी छनोट गर्न अझैँ केही दिन लाग्ने

    काठमाण्डौं/नेकपा माओवादी केन्द्रको पदाधिकारी छनोट गर्न अझैँ केही दिन लाग्ने भएको छ । केही केन्द्रीय सदस्य र पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले पर्सि आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पनि प्रभावित हुने भएका कारण पदाधिकारी छनोट हुन समय लाग्ने भएको हो । पार्टी केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा सार्वजनिक

    काठमाण्डौं/कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेकोको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये…

    Read More
  • मुख्य पृष्ठ

    आज एमालेको जिल्ला अधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्ने

    काठमाण्डौं/नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनपछि आज सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको हो । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथालीमा रहेको केन्द्रीय कार्यालयको एक्सन रूमबाट ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन एकैसाथ…

    Read More
  • मुख्य पृष्ठ

    आज सबै प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

    काठमाण्डौ/आज दिउँसो सबै प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हिमपातको सम्भावना हुनेछ । यस्तै, आजराति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलि पनि देशका धेरै ठाउँको मौसम बद्ली…

    Read More
  • चितवन सेरोफेरो

    रहु र नैनी जातका ४० हजार माछाका भुरा नारायणी नदीमा छाडियो

    चितवन/रहु र नैनी जातका ४० हजार माछाका भुरा नारायणी नदीमा छाडिएको छ । प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौडाले उक्त सङ्ख्याको माछाको भुरा नारायणी नदीमा छाडेको हो । जलीय जैबिक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातको माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले जानकारी दिए । कार्यालयले…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या…

    Read More
  • चितवन सेरोफेरो

    चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया

    चितवन/रासस/जटिल उपचारका लागि संघीय राजधानी काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यही उपचार पाउन थालेका छन् । सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो । यहाँको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा नौ महिनाका अवधिमा एक सय जनाको मुटु, रक्तनदी र फोक्सोको शल्यक्रिया गरेको…

    Read More
  • अपराध/दुर्घटना

    मोटरसाइकलको टयांकीभित्र ३८ लाख, एक जना पक्राउ

    धनुषा/रासस/स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित धनुषाबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिनुभयो । प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै…

    Read More