Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    प्रदेश १ र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ/हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ…

    Read More
  • पत्रपत्रिका/अन्य

    सदाचार नीति ‘गायब’

    काठमाण्डौं/शेरबहादुर देउवा पाचौं पटक मुलुकको प्रधानमन्त्री छन् । उनी प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ तर अघिल्लो पटक २०७४ सालमा प्रधानमन्त्री हु“दा ल्याउने भनेर निर्णय गरिएको ‘सदाचार नीति’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै ‘गायब’ छ । चौथोपटक सिंहदरबार ‘इनिङ’ गर्दैगर्दा प्रधानमन्त्री देउवाले पहिलो निर्णयका रूपमा ‘राष्ट्रिय सदाचार नीति’ ल्याउने फाइलमा हस्ताक्षर गरेका थिए । तर, उनले…

    Read More
  • पत्रपत्रिका/अन्य

    उपत्यकाभित्र हैजाको प्रकोप बढ्दै

    काठमाडौँ/काठमाण्डौं उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ । बिहीबार हैजा पुष्टि हुनेमा बल्खु बस्ने ३५ वर्षीया महिला हुनुहुन्छ । “उहाँले धारामा आउने पानी प्रत्यक्ष रूपमा…

    Read More
  • मुख्य पृष्ठ

    थप ४९ जनामा कोरोना संक्रमण

    काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २६० जनाको एन्टीजेन परीक्षणमा १६ जना गरी ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना निको भएका छन् भने…

    Read More
  • मुख्य पृष्ठ

    अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुट्यो

    एजेन्सी/अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुटेको छ । सांसदहरूले ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका बन्दुक आक्रमणका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका समाचार संस्था एएनआईले जनाएको छ । बफेलो, न्युयोर्क र टेक्सासमा भएको गोलीकाण्डमा ३१ जना स्कुले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य…

    Read More
  • पत्रपत्रिका/अन्य

    घट्यो मोबाइलको आयात

    काठमाण्डौ/मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो ।…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः आंशिक देखि सामान्य बदली

    काठमाण्डौं/हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप

    काठमाण्डौं/आज बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइदैछ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने भएको हो । पहिलो चरणमा प्रदेश १ मा झापा,…

    Read More
  • अपराध/दुर्घटना

    मनकामना फुलवारी रिसोर्टमा काभ्रेका एकजना मृत भेटीए

    मनकामना/बिजयराज काफ्ले/ गोरखाको शहिदलखन गाउँपालिका-३ मनकामनामा रहेको मनकामना फुलवारी रिसोर्टमा एकजना कामदार मृत भेटीएका छन् ।काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका-५तुसारेका २३ बर्षका रामहरि गौतम मृत भेटीएका हुन् । हिजो बेलुका खाना खाएर रिसोर्ट भित्रकै कोठामा सुतेका उनी बिहान अबेर सम्म पनि नउठे पछि उठाउन जाँदा मृत भेटीएका हुन। उनी सगैँ कोठामा अरु दुईजना काम गर्ने साथीहरु…

    Read More
  • मुख्य पृष्ठ

    ताप्लेजुङमा पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता

    ताप्लेजुङ/गए राति झरेको पहिरोमा पुरिएर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् ।…

    Read More