Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

    काठमाडौं/परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताइन् । उनका अनुसार ुसरकारको निर्णय…

    Read More
  • पत्रपत्रिका/अन्य

    रुस र युक्रेन युद्धका कारण अक्सिजेनेटरको अभाव, गंगालालमा मुटुको शल्यक्रिया नै रोकियो

    काठमाडौं/मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ। यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ। रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो। शहीद गङ्गालाल राष्ट्रिय…

    Read More
  • पत्रपत्रिका/अन्य

    आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

    काठमाण्डौं/ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार अन्त्य गर्ने, स्थानीय तहले…

    Read More
  • मुख्य पृष्ठ

    देशभर सामान्य देखि पूर्ण बदली

    काठमाण्डौं/देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता शुक्रबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ…

    Read More
  • मुख्य पृष्ठ

    एसइईको नतिजा साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने

    काठमाण्डौं/माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका ६ जनामा कोरोना संक्रमण पुष्टि

    चितवन /देशभर कोरोना संक्रमित बढ्न थालेसँगै चितवनमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हिजो मंगलबार एक जनामा देखिएको कोरोना संक्रमण आज बुधबार ६ जनामा देखिएको हो । भरतपुर महानगरपालिकामा ५ जना र कालिका नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    गर्मीको कारण बेलायतमा रेल सेवा अवरुद्ध

    एजेन्सी/तातो हावाका कारण प्रचण्ड गर्मी बढेपछि बेलायतमा बुधवार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केहीबेरको वर्षाले शीतल गरायो । जङ्गलमा आगालागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि…

    Read More
  • अपराध/दुर्घटना

    हेटौंडा क्याम्पसमा तोडफोड

    हेटौंडा/छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो (मंगलबार) परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार…

    Read More
  • मुख्य पृष्ठ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई कोरोना पुष्टी

    पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको सचिवालयले जनाएको छ। पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए । उनलाई अहिले पनि ज्वरो आइरहेको छ…

    Read More
  • मुख्य पृष्ठ

    आज मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती…

    Read More