Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    फरार प्रतिवादी पक्राउ

    चितवन/प्रहरीले लागुऔषध मुद्दामा २ वर्ष १ महिना कैद फैसला गरि फरार रहेको प्रतिवादी पक्राउ गरेको छ । चितवन जिल्ला अदालतले २०७७ पुष २० गते २ वर्ष १ महिना कैद र १ लाख दुई हजार जरिवाना तोकेको भरतपुर महानगरपालिका ७ बस्ने ३५ वर्षको मिनबहादुर गुरुङलाई पक्राउ गरेको हो । उनलाई कैद तथा जरिवाना भुक्तानको लागि आज…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचन आचारसंहिता भोलिदेखि लागू

    काठमाडौं/बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको हो । निर्वाचन आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य चुनाव प्रचार प्रसारमा हिंड्न नपाउने व्यवस्था छ । दलहरुले…

    Read More
  • चितवन सेरोफेरो

    वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो

    कावासोती/रासस/वाल्मीकिले संस्कृत रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेहुर्केको विश्वास गरिने चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । नारायणी नदीमा पूर्वी नवलपरासीको त्रिवेणीधाम र चितवनको माडी जोड्ने झोलुङ्गे पुलको निर्माणको काम सकिएसँगै पवित्र धार्मिकस्थल वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको हो…

    Read More
  • मुख्य पृष्ठ

    गोरखामा बैंकको एटिएम तोडफोड

    गोरखा/गोरखाको हरमटारीस्थित कालिमाटीमा रहेको कुमारी बैंकको एटिएम कक्ष तोडफोड भएको छ। एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए। आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए। ‘पैसा लगेको वा नलगेको खुलेको छैन। बैंकका मानिसहरू आउँदै हुनुहुन्छ। थप अनुसन्धान सुरू गरिन्छ,’…

    Read More
  • मुख्य पृष्ठ

    देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली

    काठमाण्डौं/अहिले प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली छ भने बाँकी प्रदेशको मौसम आंशिक बद्ली छ । आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा र अन्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिको मौसम पनि यस्तै रहने अनुमान…

    Read More
  • Uncategorized

    आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण सुरु

    काठमाण्डौं/दसैं नजिकिएसँगै आजबाट पशु सेवा विभागले उपत्यकाको १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदैछ । खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइने पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र…

    Read More
  • मुख्य पृष्ठ

    आज दशैँको दोस्रो दिन

    काठमाण्डौ/आज दशैँको दोस्रो दिन ब्रम्हचारिणी भगवतीको पूजा गरिदैछ । बडादशैँ अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरेर मनाइने प्रचलन रहि आएको छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौँ…

    Read More
  • चितवन सेरोफेरो

    नेपाली पत्रकारिता सँधै अग्रगमनको पक्षमा : प्रचण्ड

    भरतपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली पत्रकारिताले सँधै अग्रगमनलाई साथ दिएको बताएका छन् । प्रेस सेन्टर चितवनले गत् सोमबार आयोजित दशैँ, तिहार, छठलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली प्रेस जगतले जनयुद्धका बेला देखि नै साथ दिएको बताए । नेपाली पत्रकारिताले सँधै अग्रगमनलाई साथ दिएको भन्दै जनयुद्धलाई शान्तिमा ल्याउन…

    Read More
  • मुख्य पृष्ठ

    हिमपहिरोमा परेर एक जनाको मृत्यु

    गोरखा/मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ । करिव १५ जना घाइते भएका छन् । गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको मृत्यु भएको हो । ‘चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको रहेछ,’ उनले भने, ‘त्यही पहिरोमा उहाँहरु पर्नुभएछ…

    Read More
  • अपराध/दुर्घटना

    ब्राउन सुगरसहित २ जना पक्राउ

    धनुषा/प्रहरीले प्रतिबन्धित ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका सिरहाको कर्जना नगरपालिका–३ थाना चौक बस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना–२ बन्दीपुर छगरिया बस्ने १९ वर्षीया अस्मिता खत्रीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको स ६ प…

    Read More