Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार बुर्लाकोटीले उम्मेदवारी निष्क्रिय बनाउने घोषणा

    चितवन/चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने घोषणा गरेका छन् । उनले उम्मेदवारी निष्क्रिय बनाएर नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेललाई समर्थन गर्ने भएका हुन् । बुर्लाकोटीले आज (सोमबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि उम्मेदवारी निष्क्रिय रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । पार्टीले उनलाई राष्ट्रिय सभा सदस्य बनाउने वचन दिएपछि…

    Read More
  • मुख्य पृष्ठ

    भाइटिकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा

    काठमाण्डौं/यस वर्षको भाइटिकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने छ। समितिले नेपाल बाहेकका देशमा पनि कुन समयमा भाइटिका लगाउन सकिन्छ भनेर पनि उल्लेख गरेको छ।

    Read More
  • मुख्य पृष्ठ

    थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा १७ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या…

    Read More
  • मुख्य पृष्ठ

    शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

    काठमाडौं/शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि १ कात्तिकमा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

    Read More
  • मुख्य पृष्ठ

    युगान्डामा लकडाउन

    एजेन्सी/युगान्डामा इबोलाका कारण लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति योवेरी मुसेभेनीले इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरेका हुन् । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा…

    Read More
  • मुख्य पृष्ठ

    विश्वव्यापी भोकमरीको सूचीमा नेपालको स्थिति सुधार

    काठमाडौँ/विश्वव्यापी भोकमरीको सूचीमा नेपालको स्थिति सुधार भएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई) ले सार्वजनिक गरेको विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो । २०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । छिमेकी भारतमा भने भोकमरीको अवस्था भयावह रहेको प्रतिवेदनले उजागर गरेको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम सामान्यतया सफा

    काठमाण्डौं/हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा डेंगी संक्रमणदर तीव्र

    चितवन/चितवनमा डेंगी संक्रमणदर तीव्र रुपमा बढेको छ। पछिल्लो २४ घण्टामा चितवनमा १ सय ६२ जना डेंगीका संक्रमित भेटिएका छन्। यो संख्या एकैदिनमा अहिलेसम्मकै धेरै हो। जिल्ला स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, यहाँ देखिनेमा चितवन सहित बाहिरी जिल्लाका समेत रहेका छन्। पछिल्लो २४ घण्टामा चितवनका ९०, ठेगाना नखुलेका ४८, अन्य जिल्लाका २३ जनामा डेंगी…

    Read More
  • मुख्य पृष्ठ

    देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

    काठमाण्डौं/नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो । उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय भएको क्यानका…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो चौबिस घण्टामा १ हजार १११ जनामा डेंगु संक्रमण

    काठमाण्डौं/नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।…

    Read More