Breaking News
 | 
  • चितवन सेरोफेरो

    निर्माणधिन ढलमा खसेर गैंडा मरेपछि सरकारले छानबिन समिति बनायो

    काठमाण्डौ/चितवनमा निर्माणधिन ढलमा खसेर गैंडा मरेपछि छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । वन तथा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा आज मङ्गलवार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्न १० दिनको समय दिइएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    माघ १४ गतेसम्म माडी नगरपालिकाको अतिआवश्यक बाहेकका सेवा बन्द

    चितवन/कर्मचारीमा कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै चितवनको माडी नगरापालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाले आज (आइतबार)देखि माघ १४ गतेसम्म अतिआवश्यक बाहेकका सेवा बन्द गरेको जनाएको हो । आज निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज खनालद्धारा सूचनामा दैनिक अतिवाश्यक कामहरु निरन्तर रहने अन्य सेवाहरु तत्कालाई बन्द गरिएको उल्लेख छ । कोरोना भाइरसको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा सडक विस्तारका क्रममा बनाइएको नालीमा फसेर गैंडाको मृत्‍यु

    चितवन/चितवनको भरतपुरमा सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्‍यु भएको छ । चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा फसेर गैंडाको मृत्यु भएको हो । बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्था गैंडा सो नालीमा परेको अनुमान गरिएकोछ । घटनाका…

    Read More
  • चितवन सेरोफेरो

    सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प

    चितवन/नारायणगढ–मुग्लिन सडक खण्ड सुक्खा पहिरोका कारण ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजेको खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडकमा भित्ताको डाँडो नै खसेको छ । अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम सुरु गरिसकेको छ । थप…

    Read More
  • चितवन सेरोफेरो

    गैँडाको आक्रमणबाट चितवनमा दुई जना घाइते

    चितवन/रासस/पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः३० बजे गैँडाको आक्रमणबाट दुई घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घर अगाडि घाम…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका १५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित, स्वास्थ्यसेवा प्रभावित

    चितवन/रासस/जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी सङ्क्रमित भइसकेका छन् । पालिकामा कार्यरत स्वास्थ्यकर्मी धेरै सङ्ख्यामा सङ्क्रमित भएपछि खोपलगायतका स्वास्थ्य सेवा प्रभावित हुँदै गएका हुन् । सङ्क्रमण भएर आठौं दिनमा कार्यालयमा काम गर्दै गर्नुभएका स्वास्थ्य…

    Read More
  • अपराध/दुर्घटना

    धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध भ्रष्टाचार गरेको उजुरी

    चितवन/चितवनको रामपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरे । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको छ । उजुरीकर्ताले विभिन्न…

    Read More
  • चितवन सेरोफेरो

    सामान्य अवस्थामा अस्पताल नआउन भरतपुर अस्पतालको आग्रह

    चितवन/कोरोना भाइरसको संक्रमण बढिरहेकोले सामान्य र पछि चेक गराउँदा पनि हुने प्रकृतिका बिरामीहरुलाई अस्पताल नआउन चितवनको भरतपुर अस्पतालले आग्रह गरेका छ । आज शनिबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले यस्तो आग्रह गरेको हुो। अस्पतालमा पुस २९ गते १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा अर्थात ५५ प्रतिशत संक्रमण देखिएको थियो । पुस ३० गते १८६…

    Read More
  • चितवन सेरोफेरो

    कोभिडको खोप लगाउन मान्दैनन् चेपाङ समुदाय

    नारायण अधिकारी चितवन/रासस/कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ । जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास…

    Read More
  • अपराध/दुर्घटना

    मोटरसाइकल चोरीको अभियोगमा ६ जना पक्राउ

    चितवन/चितवनलगायत अन्य जिल्लाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मोटरसाईकल चोरी कार्यमा संलग्न ब्यक्तीहरुको खोज तलास गर्ने क्रममा मोटरसाईकलहरुको स्वरुप तथा नम्बर प्लेट परिवर्तन गरेको चार वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका वडा नं. १ बस्ने वर्ष…

    Read More