नेकपाको कार्बाही अभियान शुरु !

सर्लाहीका मेयरविरुद्ध भ्रष्टचार गरेको भन्दै कार्बाहीको धम्की

काठमाडौँ/नेकपाले आफ्नो पार्टीलाई बर्तमान केपी ओली सरकारले प्रतिबन्ध लगाएसँगै आक्रमक रुपमा अघि बढने संकेत देखाएको छ । बिद्रोही नेकपाले सत्ताधारी नेकपाका सदस्यसमेत रहेका सर्लाही बागमतिका मेयर भरत थापालाई कार्बाही गर्ने धम्की दिएको हो । सर्लाही बागमती नपाका मेयर थापाले विगत जनयुद्धकालमा तत्कालीन नेकपा (माओवादी) का नेता–कार्यकर्ताविरुद्ध र हाल नेकपाका नेता–कार्यकर्ताविरुद्ध सुराकी, दमन र षड्यन्त्र गरेको भन्दै उनलाई जनकारबाहीका लागि जनपरिषदमा सिफारिस गरेको हो । संयुक्त जनपरिषद् नेपाल, सर्लाहीका संयोजक जनकले प्रेसविज्ञप्ति जारी गर्दै मेयरले नगरपालिकामा गरेको भ्रष्टाचारको पनि सूची सार्वजनिक गरेका छन् । जनकले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ ।

सर्लाही बागमती न.पा.का मेयर भरत थापा हुन् । पूर्व जनमोर्चाबाट माओवादी हुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा0 का कार्यकर्ता बनेका थापा अहिले मेयर भएका छन् । उनी २०५६ सम्म सञ्जय साह (टक्ला) को सडक ढाठमा मासिक रुपैयाँमा काम गर्ने कनिष्ट कर्मचारी थिए । उनको पैैतृक सम्पत्ति ६ कठ्ठा (अब्बल), १ विघा २ कठ्ठा बगर र एउटा काठे घर थियो । अर्कोतिर माओवादी पार्टीको निर्णय भनेर सञ्जय साहलाई दबाब दिई गुण्डाहरूसँग मिलेर १ वर्ष पछि २५ प्रतिशत सेयर हडपेका थिए । उनी तत्कालीन माओवादीमा प्रवेश गरी ठेकदार टक्लालाई धम्क्याएर सेयर लिन सफल भएका थिए ।
यसबीचमा थापाको काठमाडौँमा २ वटा पक्की घर, सर्लाहीको कर्मैयामा पेट्रोल पम्प, २ वटा भवन ९७ कठ्ठामा एउटा निर्माणाधीन०, २ वटा क्रसर, निर्माण औजार, बागमती एफ।एम।९अप्रत्यक्ष० लगानी, सर्लाहीमा १० बिघाभन्दा बढी जग्गा जम्मा गरेका छन् । बागमती नदीको निर्माण सामग्री २०५५ सालदेखी एकलौटी ठेक्का लिएका छन । त्यहाँ अरू कसैले निर्माण सामग्री झिक्न पाउँदैनन् । माघ २६ मा बागमतीमा गिटी झिक्न गएका सुनिल बानियाँलाई मेयर थापाले कुटपिट गरेका थिए । सत्तारूढ पार्टीका मेयर भएका कारण थापालाई प्रहरीले कारबाही गर्ने कुरा पनि भएन । थापाले व्यापक उत्खनन गरेका कारण बागमतीको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको पुल धसिने अवस्थामा पुगेको छ । सागरनाथ वन परियोजनाअन्तर्गत बूढी बागमती छ । त्यसको कर नतिरी, अनुमति नलिईकन गिटी, बालुवा निर्माण सामग्रीमा पनि उनकै एकलौटी राइँदाइँ छ । बागमती नगरपालिकाअन्तर्गत सम्पूर्ण वडाको सडक निर्माण भरत थापाको कन्स्ट्रक्सनले गर्दछ । काम गर्दा उपभोक्ता समिति बनाउने सम्पूर्ण काम ठेक्का टेन्डरमार्फत नगराई उपभोक्ता समिति बनाई काम आफैँले गर्ने, जनतालाई विकास गराएको बहानामा बागमती नदी उत्खनन गनेर्, आफ्नै क्रसर सञ्चालन गर्ने, आफ्नै क्रसरबाट निस्किएको गिटी, बालुवा सडक मर्मत वा निर्माणमा लगाएर नगरपालिकाको सम्पूर्ण बजेट आफैँ कमाउने गराउने गरेका छन् । उनी ठेकेदार हुन् कि राजनीतिज्ञ रु प्रश्न उठेको छ । राजनीतिको आडमा कालो धन्दा थापाको कर्म हो ।
नगरपालिकामा आएको विकासको बजेट शिक्षा, स्वास्थ्यलगायत लक्षित वर्गलाई आएको सम्पूर्ण रकम बाटो बनाउने बहानामा आफ्नो कन्स्ट्रक्सनमार्फत निर्माणकार्य गर्ने गरेका छन् । सागरनाथ वन परियोजनामा पछिल्लो समयमा गरिब सुकुमबासीलाई घरटहरा बनाउन लगाई मिति २०७५ पुस १३ गते मेयर भरत थापाको संलग्नतामा ५४ घरटहरा भत्काउन लगाइयो र सुकुमबासीलको बस्तीमा गई तपाईंहरूको घर सरकारले भत्कायो । म घरटहरा बनाउन नगरपालिका कार्यालयबाट रकम निकासा गरिदिन्छु भनी आश्वासन दिएर गरिब जनतालाई भ्रम उत्पन्न गराइयो । त्यति मात्र नभई विकासका नाममा सडकमा पटके कर असुली गरिराखेको छ जसअनुसार कर्मैयाको नहरको सडक हुँदै सिन्धुली हरिहरपुरगढी गाँउपालिका लैजाने इँटको कर असुली रहेको छ । यसको मार हरिहरपुरगढीका जनतालाई परिरहेको छ ।
जनयुद्धमा कर्मैयाका लोकबहादुर प्रधान ९लोकरोशन प्रधान० श्रेष्ठ मारिए । श्रेष्ठले पार्टीको हिसाबकिताब भरत थापालाई राख्न दिन्थे । त्यही रकम खानका लागि थापाकै सुराकीमा श्रेष्ठ मारिएको त्यस क्षेत्रका तत्कालीन माओवादीहरू बताउँछन् । श्रेष्ठ मारिएपछि माओवादीको सम्पत्ति उनले नै खाए । २०६० सम्म थापाको परिवार मेलापात गरेर जीवन निर्वाह गथ्र्यो । आफ्नै सहकर्मी मारेर, जिल्लाको सम्पत्ति हडपेर, माओवादी जनयुद्धको दुरुपयोग गरेर राजनीतिको आडमा थापाले अपराध, गुण्डागर्दी र भ्रष्टाचार गरिरहेका छन् । हाल उनले ने।क।पा। का विरुद्ध दमनको नेतृत्व गरिरहेका छन् । त्यसप्रकारको अपराध नरोके उनलाई जनताले दण्डित गर्न बाध्य हुनेछन् ।